काठमाडौं । पछिल्लो पटक प्याजको बजार भाउ छोइनसक्नु छ । आम उपभोक्ताले किन्नै छाडिसकेका छन् । व्यापारीले पनि बिक्रि नहुने डरले राख्न छाडिसके । भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाए नेपालमा आयात हुन सकेको छैन् । छिटपुट आइरहे पनि यहाँको मागअनुसार पुग्ने स्थिति छैन् ।
अहिले बजारमा प्याजको मुल्य प्रतिकिलो २३० देखि २५० रुपैयाँ पुगेको छ । नेपालमा मात्र नभएर भारतमा पनि प्याजको मुल्य उच्च छ । यो अवस्थामा हामी नेपाली आफुलाइ आवश्यक पर्ने प्याजको जोहो गर्नु नै उत्तम विकल्प हुन सक्छ ।
प्याज नेपालको सबै ठाउँमा उत्पादन हुने कृषिजन्य उपज हो । स्वदेशी उत्पादन नबढ्नु र बढ्दो परनिर्भरताका कारणले पनि अहिले प्याजको मुल्य छोइनसक्नु अवस्थामा पुगेको जानकारहरु बताउँछन् ।
सरकारले स्वदेशमै उत्पादन बढाउन ‘प्याज मिसन’ कार्यक्रम अघि बढायो । उत्पादनमा सुधार आउन सकेन् । हरेक बर्ष प्याज आयात बढिरह्यो । अहिले बढेको प्याजको मुल्यले नेपालीले आफुलाई पुग्ने प्याज आफैं उत्पादन गर्नुपर्ने राम्रो सन्देश दिएको छ । प्याज लगाएर खान नसक्ने नेपालीको अल्छी प्रवृत्तिकै कारणले आयातबाट बर्षेनी अर्बौ रुपैयाँ बाहिरिएको छ ।
आउनुस, नेपालमा सबैतिर उत्पादन गर्न सकिने प्याज घरमै बसेर बैमौसमी तरिकाले बढी उत्पादन दिनेगरी यसरी उत्पादन गर्न सकिने पूववागवानी बैज्ञानिक केदार बुढाथोकी बताउछन । प्याज खेतीका लागि उनका टिप्पसहरु
– राम्रोसँग खनजोत गरेको जग्गा रोज्ने
– सुरुमा एक रोपनी जग्गामा १ मिटर चौडाइ ५ मिटर लम्बाइको ब्याड बनाउने
– मल र मसिनो माटो राखेर १० सेन्टिमिटरको लाइन÷लाइन बनाउने
– प्याज बीउ एक घण्टा घाममा सुकाउने
– ४ ग्राम प्याजको बीउ पातलो गरी लगाउने
– माथिबाट प्लाटिक वा परालले छोपिदिने
– ४५ दिनपछि प्याजको बेर्ना तयार हुनेछ ।
– राम्रोसँग खनजोत गरेको जग्गा रोज्ने
– प्याज लगाउने खेत वा बारीमा ३० डोका मल, १०÷१० केजी पोटास र डीपी हाल्ने
– कुलेसो एक फिट छोड्नेगरी ढाइ फिटको ड्याङ बनाउने
– १५ सेन्टिमिटरको दुरीमा प्याजका बेर्ना डोब्ने
– चिस्यान जग्गा हो भने हप्तामा ३ पटक पानी लगाउने
– बीचबीचमा आउने झारहरु गोडमेल गरिरहने,
– एक महिनापछि प्याजको गाना लाग्नेछ, त्यस्को एक हप्तापछि प्याज खन्न तयार हुनेछ
– खनिसकेको प्याज उचित रुपले भण्डार गर्ने
प्याजका वेर्ना आफै तयार गर्न १ मिटर चौडाई, ३ मिटर लम्वाई, १०–१५ सेन्टिमिटर उचाई भएको व्याडमा ५–७ सेन्टिमिटरको फरकमा कुलेसो बनाई वीउ खसाल्नु पर्दछ । त्यसपछि छापो हाल्ने र बीउ उम्रेपछि सो छापो हटाइ बैमोसमी विधिबाट बेर्ना आफै तयार गर्न सकिन्छ ।
मौसम तथा माटोको चिस्यान हेरी ५–७ दिनको फरकमा सिंचाई गर्नुपर्दछ । प्याजलाई पानीको आवश्यकता अन्य वालीलाई भन्दा वढी हुन्छ । वाली अवधिभर १०–१२ पटक सिंचाई दिनु पर्दछ तर निकासको व्यवस्था पनि त्यतिकै जरुरी हुन्छ । प्याज उखेल्ने १५ दिन अगाडी सिंचाई बन्द गर्नु पर्दछ ।
साधारणतया प्याजको तीन प्रकारले खेती गरिन्छः सोझै पातलो वीउ छरेर, वेर्ना उमारी उचित दूरीमा वेर्ना सारेर तथा पहिले प्याजका साना साना सेट तयार गरी उक्त सेटवाट प्याजको खेती गरेर । प्याजको सेटवाट गरिने खेती विशेषत वेमौसममा गरिन्छ ।
प्याज खेती गर्दा राम्रो विधि अपनाएको खण्डमा प्रतिरोपनी क्षेत्रमा झन्डै २ हजार ५०० देखि ३ हजार किलोसम्म उत्पादन हुन्छ । खुद नाफाको हिसावले हेर्ने हो भने वेमौसममा सेट प्रयोग गरी लगाइएको हरियो साग उत्पादनबाट दोब्बर बढी फाइदा लिन सकिन्छ ।
प्याजको गानोमा प्रशस्त मात्रामा चिस्यान रहने हुनाले उपयुक्त रुपमा भण्डारण गर्न सकिएन भने छिट्टै नोक्सानी हुन्छ । विशेषत पूर्ण नछिप्पिएका, चोट पटक लागेका र हावाको सञ्चार राम्रो नहुने ठाउँमा भण्डारण गरिएको खण्डमा बढी नोक्सानी व्यहोर्नु पर्ने हुन्छ ।
सुख्खा, चिसो तथा हावा संचारको पूर्ण संयोजन हुने ठाउँमा प्याज भण्डार गर्नुपर्छ । प्याजलाई सुख्खा, चिसो तथा हावा सञ्चार हुने किसिमको भण्डार घर चाहिन्छ । स्थानीय स्तरमा भने खरको छानो भएको हावा राम्रो संचालन हुने जुटको वोराले छोपिएको भण्डारण संरचनामा भण्डारण गर्न सकिन्छ ।