काठमाडौं। चालू आर्थिक वर्ष २०८०/८१ साउनमा जीवन र निर्जीवन बिमा कम्पनीले लघु बिमामार्फत १४ करोड रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेका छन्।
नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार साउनमा जीवन तथा निर्जीवन बिमा कम्पनीले उक्त परिमाणबराबर लघु बिमा शुल्क आर्जन गरेका हुन्।
तथ्यांकअनुसार चालू आर्थिक वर्ष पहिलो महिना साउनमा निर्जीवन बिमा कम्पनीले २९ लाख २४ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका हुन्।
उक्त अवधिमा सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीले १३ लाख १९ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेको छ। दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियरले ४ लाख ९१ हजार र तेस्रो सानिमा जिआइसीले ३ लाख ३८ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।
साउनमा प्रभु इन्स्योरेन्सले २ लाख ७७ हजार, शिखर इन्स्योरेन्सले १ लाख ७२ हजार, युनाइटेड अजोडले १ लाख ४२ हजार, एनएजली इन्स्योरेन्सले ६४ हजार, दि ओरिएन्टलले २५ हजार र नेसनल इन्स्योरेन्सले १ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।
दुई निर्जीवन माइक्रो इन्स्योरेन्समा नेपाल माइक्रो इन्स्योरेन्सले ६३ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३२ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।
त्यस्तै प्राधिकरणको तथ्यांकअनुसार साउनमा जीवन बिमा कम्पनीले कूल १३ करोड ६६ लाख २६ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।
लघु बिमातर्फ सबैभन्दा बढी नेसनल लाइफ इन्स्योरेन्सले ४ करोड ६४ लाख ४१ हजार रुपैयाँ बराबर लघु बिमा शुल्क आर्जन गरेको छ।
दोस्रोमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ३ करोड ३१ लाख र तेस्रोमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २ करोड ४७ लाख रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेको छ।
यस अवधिमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड ३९ लाख ३३ हजार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ९१ लाख ६१ हजार, मेट लाइफ इन्स्योरेन्स ३६ लाख र सन नेपाल लाइफ इन्स्योरेन्सले ३१ लाख ४६ हजारबराबर बिमा शुल्क आर्जन गरेका छन्।
त्यस्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ७ लाख ७३ हजार, एसियन लाइफ इन्स्योरेन्स ६ लाख ४६ हजार, नेपाल लाइफ इन्स्योरेन्स ३ लाख ४८ हजार, एलआइसी नेपाल ५२ हजार र हिमालयन लाइफ इन्स्योरेन्सले ६ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।
त्यसैगरी दुई जीवन लघु बिमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ४ लाख २३ हजार र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले १ लाख ४५ हजार रुपैयाँबराबर लघु बिमा शुल्क आर्जन गरेका छन्।