काठमाडौं। साउन महिनामा जीवन बिमा कम्पनीहरूले १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँबराबरको बिमा शुल्क आर्जन गरेका छन्। नेपाल बिमा प्राधिकरणकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा जीवन बिमा कम्पनीले उक्त रकमबराबरको बिमा शुल्क आर्जन गरेका हुन्।
तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कूल ५ अर्ब २२ करोड रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेको छ। दोस्रोमा राष्ट्रिय बिमा संस्थानले कूल ३ अर्ब ३४ करोड रुपैयाँबराबरक बिमा शुल्क आर्जन गरेको छ भने तेस्रोमा हिमालयन लाइफले १ अर्ब ९३ करोड रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेको छ।
एलआइसी नेपालले १ अर्ब ९२ करोड रुपैयाँ, नेशनल लाइफ इनस्योरेन्सले १ अर्ब ८० करोड, सूर्यज्योति लाइफले १ अर्ब र एसियन लाइफ इन्स्योरेन्सले ८१ करोड ९९ लाख रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेका छन्।
त्यस्तै सानिमा रिलायन्स लाइफले ६६ करोड ८१ लाख, सिटिजन लाइफले ५७ करोड ९४ लाख, प्रभु महालक्ष्मी लाइफले ५४ करोड ११ लाख, आइएमई लाइफले ५२ करोड ५९ लाख, मेट लाइफले ४९ करोड २३ लाख, रिलायबल नेपाल लाइफले ३८ करोड ११ लाख र सन नेपाल लाइफले ३५ करोड ६२ लाख रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेका छन्।
यसैगरी, यो एक महिना अवधिमा गार्डियन माइक्रो लाइफले ४ लाख २३ हजार र क्रेष्ट माइक्रो लाइफले १ लाख ४५ हजार गरी कूल ५ लाख ६८ हजार रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेका छन्।
जीवनको १९ अर्ब हुँदा निर्जीवनको ४ अर्बमात्रै
जीवन बिमा कम्पनीले कूल १९ अर्ब ६० करोड रुपैयाँबराबर बिमा शुल्क आर्जन गर्दा निर्जीवन बिमा कम्पनीले भने ४ अर्ब रुपैयाँ हाराहारीमा मात्रै बिमा शुल्क आर्जन गरेका छन्। प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष पहिलो महिना साउनमा निर्जीवन बिमा कम्पनीहरूले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेका हुन्।
जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बिमा शुल्क आर्जन गरेको छ। उसले कूल ५५ करोड, १५ लाख रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेको छ। दोस्रो नम्बरमा भने सिद्धार्थ प्रिमियर रहेको छ, जसले ४२ करोड ५० लाख रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेको छ।
तेस्रो नम्बरमा रहेको हिमालयन एभरेस्ट इस्योरेन्स कम्पनीले ३४ करोड ३७ लाख रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेको छ।
साउनमा शिखर इन्स्योरेन्स कम्पनीले ३३ करोड ६८ लाख, आजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख, राष्ट्रिय बिमा कम्पनीले २९ करोड ४४ लाख, युनाइटेड अजोडले २६ करोड ४६ लाख र प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेका छन्।
त्यस्तै नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्सले २४ करोड ८ लाख, दि. ओरिएन्टल इन्स्योरेन्सले २० करोड ७२ लाख, नेसनल इन्स्योरेन्सले १९ करोड ६० लाख, सानिमा जिआइसीले १७ करोड ८८ लाख र नेपाल इन्स्योरेन्स कम्पनीले १४ करोड १९ लाख रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेका छन्।
दुई लघु बिमा कम्पनीले पनि कूल ९५ हजार रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेका छन्। जसमा नेपाल माइक्रो इन्स्योरेन्सले ६३ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३२ हजार रकमबराबर बिमा शुल्क आर्जन गरेका छन्।