काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ५.०५ अंकले घटेर १ हजार ९ सय ९३.४२ अंकमा कायम भएको छ।
आज २ सय ७८ कम्पनीको ४० लाख ६ हजार ७ सय ३९ कित्ता सेयर २९ हजार ६ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार ४ सय ५२ रुपैयाँमा खुम्चिएको छ।
लगानी समूह, म्युचुअल फन्ड, निर्जीवन बिमा र व्यापार समूहका उपसूचक बढेका छन् भने बाँकी सबै समूहको उपसूचक घटेको छ। लगानी समूह ०.०९, म्युचुअल फन्ड ०.०४, निर्जीवन बिमा ५.६१ र व्यापार ०.८० अंकले बढेका छन्। सबैभन्दा धेरै घट्नेमा भने जीवन बिमा समूह ५०.०१ र होटल तथा पर्यटन ३५.५८ अंकले घटेका छन्।
त्यस्तै, बैंकिङ २.१९, विकास बैंक २१.१७, वित्त ४.८८, जलविद्युत ११.४१, उत्पादन तथा प्रशोधन ३१.४२, लघुवित्त ०.६० र अन्य समूह ३.१२ अंकले घटेको छ।
आजको कारोबारमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ४.८३ प्रतिशतले घटेको छ।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको ३ करोड ६२ लाख २ हजार ६ सय ५९ रुपैयाँबराबर कारोबार भएको छ। कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको ४ लाख ६७ हजार ४५ कित्ता किनबेच भएको छ।