एजेन्सी । हिरो मोटोकर्पले आफ्नो बीएस सिक्स कम्प्लायन्ट भेइकल देशमा लन्च गर्ने योजना बनाइरहँदा उसका पुराना बीएस फोर गाडीको स्टकलाई छिमेकी मुलुकमा निर्यात गर्ने सोच बनाइरहेको स्रोतले बताएको छ । भारतमा १ अप्रिल २०२० सम्म नयाँ उत्सर्जन नियम लागू हुनुअघि नै कम्पनी भण्डारणमा रहेका ती सम्पूर्ण गाडीलाई देशबाहिर बिक्री गर्न चाहन्छ ।
हिरो मोटोकर्प इन्टरनेसनल सेन्टर फर अटोमोटिभ टेक्नोलोजी आईसीएटीबाट स्पलेन्डर आई स्मार्ट कम्प्युटर मोटोरसाइकलका लागि बीएस सिक्स प्रमाणपत्र प्राप्त गर्ने पहिलो दुईचक्के गाडी हो । यसका अन्य मोडल अहिले निर्माणाधीन अवस्थामा छन् र चाँडै नै बीएस सिक्स प्रमाणपत्र प्राप्त गर्दै छन् ।
‘नेपाल बङ्गलादेश र श्रीलङ्का जस्ता मुलुकमा बीएस फोर मोडलका गाडी कुनै अवरोधबिनै बिक्री हुन सक्छन् । तर भारतमा भने निर्धारित समयसीमापछि ती गाडी कवाडीका सामान मात्र बन्छन्,’ एक व्याक्तिले भने ।
ती व्याक्तिका अनुसार ती गाडी केही कम मूल्यमा ती मुलुकमा निर्यात हुने सम्भावना छ । तर हिरो मोटोकर्पले भने यस विषयमा कुनै आधिकारिक धारणा व्यक्त गरेको छैन ।
सोसाइटी अफ इन्डियन अटोमोबाइल मेनुफ्याक्चर सियामको तथ्यांकअनुसार हिरो मोटोकर्पले गत अप्रिलको तुलनामा यो मे महिनामा डबल संख्यामा त्यस्ता गाडी निर्यात गरेको छ । अप्रिलमा उसले ६ हजार चार सय ३४ गाडी निर्यात गरेको थियो भने त्यसको डबल मे महिनामा उसले १४ हजार सात सय ९ ओटा गाडी निर्यात गरेको छ ।
आगामी महिनामा निर्यातको मात्रा थप बढ्ने सम्भावना छ । कम्पनीले तत्काल निर्यात गरिरहेको तीन प्रतिशतलाई १० प्रतिशले बढाएर निर्यात गर्ने योजना बनाएको छ ।
गत महिना विश्लेषकहरुसँगको वार्तापछि हिरो मोटोकर्पको व्यवस्थापनले कोलम्बिया, अर्जेन्टिना, अफ्रिका, श्रीलङ्का र बङ्गलादेश जस्ता प्रमुख बजार बढेर वस्तु निर्यातको मात्रा बढ्ने बताएका छन् ।
जेफ्रिसको विश्लेषणअनुसार १० प्रतिशत भोल्युम निर्यातमार्फत पुर्याउन तीनदेखि पाँच वर्षसम्म लाग्छ ।
हिरो मोटोकर्प र होन्डा मोटरसाइकलको बिक्रीमा ओरालो लागेका रिपोर्ट आएसँगै घरेलु बजारमा दुईचक्के गाडीको माग लगातार सात महिनायता मन्द रहेको देखिएको छ । सुरुवाती महिनामै निर्माणकर्ताहरुले उत्पादन नरोकिदिएपछि अहिले डिलरमा गाडीहरुको थुप्रो लागेको छ । फलस्वरूप कम्पनीहरुले जनावरी मार्चको समयमा उत्पादनलाई कटौती गुर्नप¥यो तर मागमा कमी आएका कारण डिलरमा सामान अस्वभाविक रुपमा बढेर गयो ।
निर्माणकर्ताहरुले अप्रिल १ देखि गाडीमा राख्नैपर्ने अत्यावश्यक एन्टी ब्रेकिङ सिस्टम र कम्बाइन्ड ब्रेकिङ सिस्टम सीबीएस फिचर ल्याएसँगै गाडीहरुको मूल्य पाँच सयदेखि सात हजारकोे रेन्जमा बढेको छ ।