काठमाडौं। स्मार्टफोन ब्रान्ड शाओमीले ‘प्याड ६’ बजार ल्याउने भएको छ। कम्पनीले ४ सय ९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाइ भएको शाओमी प्याड ६ ल्याउन लागेको हो।
कम्पनीका अनुसार प्याड ६ एकदमै हलुका र उपयोगी छ। यसमा आइपी ५३ रेटेड भएकाले कुनै पनि समस्याबिना केही मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्न सक्छ।
प्याड ६ को मूलभागमा शक्तिशाली स्न्यापड्रागन ८७० प्रोसेसर छ, जसमा भएको पावरहाउसले उपभोक्तालाई सधैं सबैभन्दा अगाडि राख्ने ग्यारेन्टी दिन्छ। प्याड ६ को स्ट्राइकिब २७.९४ सेन्टिमिटर (११ इन्च) को डिस्प्लेमार्फत उत्तम भिजुअल प्राप्त गर्न सकिन्छ।
शाओमी प्याड ६ को १३ एमपी रियर क्यामेराले ३० एफपिएसमा फोरके भिडियो रेकर्ड गर्न सहज बनाउँछ। यस एडभेन्चरलाई डकुमेन्ट गर्न वा कन्टेन्ट क्रिएट गर्न सहयोग गर्छ। यसको ८ एमपी को फ्रन्ट क्यामेरा ३० एफपिएसमा फुल एचडी भिडियो रेकर्ड गर्न सक्षम छ र भिडियो कल र सेल्फी पनि क्लियर देखाउँछ।
एक ८८४० एमएएच (टिपिकल) ब्याट्रीसँग सुसज्जित शाओमी प्याड ६ ले दिनभरि निर्वाध गतिविधिको सुविधा प्रदान गर्छ। जसका कारण उपभोक्ताले निरन्तर पावर आउटलेट खोजिरहनुपर्दैन। शाओमी प्याड ६ सँग प्रडक्टिभिटी र मनोरञ्जनबीच निर्वाधरूपमा ब्याट्री सकिने चिन्ताबिना सिफ्ट गर्न सकिन्छ। ट्याब्लेटमा हुने पोटेन्सियर्ल इष्टतम रूपमा उपयोग गर्न सक्षम शाओमी प्याड ६ निरन्तर प्रयोग गर्न सकिन्छ।
भदौ १५ बाट बजारमा उपलब्ध हुने यो फोन भदौ ११ बाट १४ सम्म दराजमा प्रिबुकिङका लागि उपलब्ध हुनेछ। शाओमी प्याड ६ नेपालमा मिस्ट ब्लु र ग्रेफाइट ग्रे गरी दुई रङमा दुईवटा ६+१२८ जिबी र ८+२५६ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध हुनेछ।
नेपालमा शाओमी प्याड ६ को ६+१२८ जिबी भेरिएन्टको मूल्य ३९ हजार ९ सय ९९ रुपैयाँ र ८+२५६ जिबी भेरिएन्टको ४३ हजार ९ सय ९९ रुपैयाँ छ।
शाओमी प्याड ६ किबोर्ड
शाओमी प्याड ६ का अतिरिक्त शाओमीले शाओमी प्याड ६ किबोर्ड पनि ल्याउँदै छ। यसले प्रडक्टिभिटीलाई नयाँ उचाइमा पु¥याउने कम्पनीको विश्वास छ। प्रयोगकर्ताले ल्यापटप जसरी प्रयोग गर्न, इमेल संरचना गर्न, कागजात निर्माण गर्न र नोट लिनेजस्ता काम सरल बनाउन सजिलैसँग किबोर्डलाई आफ्नो प्याड ६ मा कनेक्ट गर्न सकिन्छ। शाओमी प्याड ६ किबोर्डको मूल्य ८ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ।
शाओमी स्मार्ट पेन सेकेन्ड जेनेरेसन
शाओमीको इनोभेसन प्रतिबद्धताअनुरूप कम्पनिले स्मार्ट पेन सेकेन्ड जेनेरेसन पनि ल्याउने छ। यसले सहज र सटिक लेखन र ड्रइङ अनुभव प्रदान गर्छ। नोट लिन, आइडिया स्केचिङ गर्न तथा रचनात्मक अभिव्यक्ति गर्न यो उपयोगी मानिन्छ। शाओमी स्मार्ट पेन सेकेन्ड जेनेरेसनले १ सय ५० घन्टा ब्याट्री लाइफसँग विचारहरूको निर्वाध फ्लो सुनिश्चित गर्छ। इन्हान्ड्स सेन्सिटिभिटी र एर्गोनोमिक डिजाइनले यसलाई क्रिएटिभिटी एक्सप्रेस गर्न पर्फेक्ट टुल बनाउँछ। शाओमी स्मार्ट पेन सेकेन्ड जेनेरेसनको मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।