काठमाडौं। चालू आर्थिक वर्ष पहिलो महिना साउनमा निर्जीवन बिमा कम्पनीहरूले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेका छन्।
नेपाल बिमा प्राधिकरणकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा निर्जीवन बिमा कम्पनीले उक्त परिमाणबराबर बिमा शुल्क आर्जन गरेका हुन्।
तथ्यांकअनुसार साउनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बिमा शुल्क आर्जन गरेको छ। उसले ५५ करोड १५ लाख रुपैयाँबराबरको बिमा शुल्क आर्जन गरेको हो। दोस्रो नम्बरमा भने सिद्धार्थ प्रिमियर रहेको छ, जसले ४२ करोड ५० लाख रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेको छ।
तेस्रो स्थानमा रहेको हिमालयन एभरेस्ट इस्योरेन्स कम्पनीले ३४ करोड ३७ लाखबराबर बिमा शुल्क आर्जन गरेको छ। त्यसैगरी शिखर इन्स्योरेन्स कम्पनीले ३३ करोड ६८ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्से ३० करोड ४० लाख, राष्ट्रिय बिमा कम्पनी २९ करोड ४४ लाख, युनाइटेड अजोड २६ करोड ४६ लाख र प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेका छन्।
त्यस्तै नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख, एनएलजी इन्स्योरेन्स २४ करोड ८ लाख, दि ओरिएन्टल इन्स्योरेन्स २० करोड ७२ लाख, नेसनल इन्स्योरेन्स १९ करोड ६० लाख, सानिमा जिआइसी १७ करोड ८८ लाख र नेपाल इन्स्योरेन्स कम्पनीले १४ करोड १९ लाख रुपैयाँबराबर बिमा शुल्क आर्जन गरेका छन्।
दुई लघु बिमा कम्पनीले पनि कूल ९५ हजार रुपैयाँबराबरको बिमा शुल्क आर्जन गरेका छन्। जसमा नेपाल माइक्रो इन्स्योरेन्सले ६३ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३२ हजारबराबरको बिमा शुल्क आर्जन गरेका छन्।