सरकारले भैंसेपाटीस्थित सैंबु आवास क्षेत्रकाे २७ राेपनी १२ आना क्षेत्रफलमा बनाएको सातवटा आलिसान भवन प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तान्तरण गरे।
ती भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास र सम्पर्क कार्यालय रहेका छन्।
सम्बद्ध अधिकारीका अनुसार सरकारले एउटा भवन बनाउन करिब १२ कराेड रूपैयाँ खर्च गरेकाे छ। याे मूल्य जग्गाबाहेक हाे।