काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.९३ अंकले ओरालो लागेर १ हजार ९ सय ९८.२८ मा सीमित भएको छ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५० अंकले ओरालो लागेर ३८२.६२ मा सीमित भएको छ। कूल ४१ लाख ६३ हजार ८ सय ७२ कित्ता सेयर १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६ सय १ रुपैयाँमा कारोबार भएको छ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। उक्त कम्पनीको ८ करोड २ लाख ४७ हजार २ सय ३४ रुपैयाँ कारोबार भयो।
यस्तै, आइएमई लाइफ इन्स्योरेन्स ५ करोड ८३ लाख ७७ हजार २ सय ८८, सोल्टी होटल ५ करोड ७८ लाख ६१ हजार ९ सय ५०, घोराही सिमेन्ट ५ करोड ६ लाख १२ हजार ४ सय ६१ र हिमालयन डिस्टिलरी ४ करोड ४२ लाख ३५ हजार २ सय ३ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, लक्ष्मी लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामलिङ पावर कम्पनी ५.१८, सुपर मादी हाइड्रोपावर ३.८२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले २.९० प्रतिशतले कमाएका छन्।
यस्तै, मेछ्यान हाइड्रोपावर ७.९९, हिमालयन पावर पार्टनर ५.७७, कृषि विकास बैंक ऋणपत्र ५.५९, भूगोल इनर्जी ५.१६ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले ५.०४ प्रतिशतले गुमाएका छन्।