काठमाडौं। यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१.९९ अंकको गिरावट देखिएको छ। आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११.१४ बिन्दुमा कायम भएको हो।
विभिन्न कम्पनीका २ सय ६९ कम्पनीको ४४ लाख ५९ हजार चार सय ५९ कित्ता सेयर ४३ हजार ३ सय ४६ पटक खरिदबिक्री हुँदा १ अर्ब ४४ करोड ७४ लाख आ८ हजार ९ सय ४२ रुपैयाँबराबर कारोबार भएको नेप्सेले जनाएको छ।
आज सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक १ सय ७२.७३ र जीवन बिमा समूहको उपसूचक १ सय ३४.९० अंकले घटेको छ।
बैंकिङ समूह ३.६०, विकास बैंक ३५.६०, वित्त ११.०६, होटल तथा पर्यटन १०६.२६ र जलविद्युत ५०. ११ अंकले घटेको छ।
त्यसैगरी लगानी समूह ०.६९, उत्पादन तथा प्रशोधन ८८.५४, लघुवित्त ३२.२३, म्युचुअल फन्ड ०.०४, व्यापार ३६.६० र अन्य समूह २३.५७ अंकले घटेको छ।
आजको कारोबारमा २९ कम्पनीको सेयर मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै४.५७ अंकले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एग्रिकल्चरल बैंक डिभेन्चर–२०८३ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ करोड ६३ लाख १ हजार ७० रुपैयाँबराबरको सेयर किनबेच भएको छ।
कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको एक लाख ४९ हजार २ सय ४० कित्ता सेयर खरिदबिक्री भएको छ।