काठमाडौं। सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ सार्वजनिक भएको छ।
कार्यक्रममा नयाँ फोल्डेबल उपकरणका साथमा कारोबार गर्ने प्रतिष्ठित ९० जनाभन्दा बढी व्यापारी साझेदारहरूको उपस्थिति रहेको थियो।
नयाँ मोडेल ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ मा पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, इमर्सिभ भिउइंग, सेल्फीलगायत विशेषता छन्।
यसको मुख्य स्क्रिन सक डिस्पर्सन तहका साथ जडान गरिएको छ र अत्याधिक सलिड डिस्प्लेका लागि पुनः डिजाइन गरिएको छ।
यसका साथै आइपिएक्स समर्थन, आर्मर अलुमिनियम फ्रेम, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विन्डो र पछाडि कभर दुवैतिर गरिएको छ।
ग्यालेक्सी जेड फ्लिप ५ले स्टाइलिस र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यसका तीन प्रकारका रङ मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ। यो एकै प्रकार (८ प्लस २५६ जिबी) मा मात्र उपलब्ध छ र यसको मूल्य १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
ग्यालेक्सी जेड फोल्ड५ कालो र हल्का नीलो दुई रङमा पाइनुका साथै १२ जिबी मेमोरीसहितका २५६ जिबि र ५१२ जिबि भण्डारण क्षमतामा उपलब्ध छन्।
ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस२५६ जिबी) को मूल्य २ लाख २६ हजार ९ सय ९९ र ग्यालेक्सी जेड फोल्ड ५ (१२प्लस ५१२ जिबि) को मूल्य २ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ कायम छ।
यी मोडेलहरूको प्रि अर्डर सुरु भैसकेको छ। यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि– अर्डरमा ग्राहकले २५ हजार रुपैयाँसम्मका उपहार पाउने कम्पनीले जनाएको छ।
यसका साथै ग्राहकले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रतिमहिना ७ हजार रुपैयाँसम्म न्यूनतम इएमआइ तिरेर फोन किन्न सक्नेछन्।