काठमाडौं। नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बहुप्रतिक्षित सिट्रोन ई–सिथ्री हस्तान्तरण सुरु गरको छ।
सिट्रोन ई–सिथ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक छ।
फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सिथ्रीमा रहेको मोटरले ५७ हर्जपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ।
सिट्रोन ई–सिथ्री मोटरले जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघन्टाका स्पीडमा गुडाउन सक्छ। यो इभीको टप स्पीड १ सय ७ किलोमिटर प्रतिघन्टा रहेको छ भने रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्यान्डर्ड गरी दुईवटा ड्राइभिङ मोड छ।
एआरएआइका अनुसार सिट्रोन इ–सिथ्रीले एकपटक फुल चार्जमा ३ सय २० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ। यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
साथै, यो डिसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीको जीवनलाई असर नपर्ने कम्पनीको दाबी छ।
कम्पनीले यो कारमा सात वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्री प्याक वारेन्टी दिएको छ। त्यसैगरी यसमा दिएको इलेक्ट्रिक मोटरमा पाँच वर्ष वा १ लाख किलोमिटर
वारेन्टी छ।
सिट्रोन इ–सिथ्री विश्व बजारमा धेरै रुचाइएको कार हो र नेपालमा पनि यसले उस्तै लोकप्रियता पाउने विश्वास कम्पनीको छ।
लाइभ भेरिएन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र फिल भेरिएन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ ताेकिएकाे छ।
सिट्रोन ई–सि थ्री थापाथलीस्थित ‘ला मेजन सिट्रोन’ शोरुममा उपलब्ध छ र बिर्तामोड, इटहरी, विराटनगर, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज, दाङ र धनगढीस्थित शोरुममा एक सातापछि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।