काठमाडौं। एक वर्षमा महँगी औसतमा १.४२ प्रतिशत विन्दुले बढेको छ।
अघिल्लो आर्थिक वर्षमा औसत ६.३२ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षमा औसत ७.७४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले देखाएको हो।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्षमा सबैभन्दा धेरै महँगी खाद्य तथा पेय पदार्थ क्षेत्रमा छ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसला १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थ ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत छ।
साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृति १०.१८ प्रतिशत, स्वास्थ्य १०.०१ प्रतिशत, शिक्षा ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूको ८.६५ प्रतिशत छ।
२०८० असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। २०७९ असार महिनामा यस्तो मुद्रास्फीति शून्य प्रतिशत रहेको थियो।