काठमाडौं। नाडा अटो शोमा विद्युतीय गाडी ‘सेरेस– ३’ सार्वजनिक हुने भएको छ।
भदौ २६ देखि सञ्चालन हुन गइरहेको नाडा अटो शोमा एमएडब्लु वृद्धि अटोकर्पले सेरेस–३ बजारमा ल्याउन लागेको हो।
५२.७ किलोवाट आवरको ब्याट्री जडित यस गाडीले ९९ किलोवाट पावर दिने कम्पनीले जनाएको छ।
१ सय ९० मिलिमिटर ग्रान्ड क्लियरेन्स भएको सेरेस–३ ले ४ सय ५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
सुरक्षाका लागि यसमा ६ एयरब्याग, इएसपी, इबिए/इबिडी, हिल लन्च एसिस्टेन्स ,आटो होल्ड, एचडिसी, टिपिएमएस, लेन डिपार्चर वार्निङ र ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत फिचर छन्।
त्यस्तै यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम जुनमा एप्पल कार प्ले र एन्ड्रोइड अटो, प्यानोरामिक सनरुफ, एलइडी हेडलाइट, आटो फोल्ड ओआरभिएम, इलेक्ट्रिक एड्जसटेबल सिट, मल्टी ड्राइभ मोड, हिटेड फ्रन्ट सिटलगायतका फिचर छन्।
आगामी नाडा अटो शोमा सेरेस– ३ को टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ।