काठमाडौं। स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ।
पोखरामा बढ्दै गइरहेको ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरूलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले सर्भिस खोलिएको रियलमीले जनाएको छ ।
पोखरामा पनि आफ्नै सेवा केन्द्र स्थापना गर्न पाउँदा कम्पनी उत्सहित भएको रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले बताए।
‘नेपालभरी छरिएर रहनुभएका हाम्रा समस्त ग्राहकलाई राम्रो स्तरको सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धता अनुरूप हामीले पोखरामा चौथो सेवा केन्द्र स्थापना गरेका छौं। हामीलाई आशा छ, यो सेवा केन्द्र मार्फत हाम्रा ग्राहकहरुले स्मार्टफोन सम्बन्धि हरेक समस्या सहजै समाधान पाउन सक्नुहुनेछ,’ उनले भने।
निरन्तर वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकको विश्वासलाई झल्काएको रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर सक्षम जाटियाले बताए।
‘यो साथ र विश्वासको लागि हामी सम्पूर्ण नेपाली ग्राहकवर्गहरु प्रति आभारी छौं,’ उनले भने।
यस सेवा केन्द्रमा ग्राहकले अत्याधुनिक प्राविधिक सहयोग र असली पार्ट–पुर्जालगायत सफ्टवेयरसम्बन्धी मर्मत सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
त्यस्तै यस सेवा केन्द्रमा दक्ष र तालिमप्राप्त कर्मचारी छन्। ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै फोनमा आईपर्न सक्ने जुनैपनि समस्याको चुस्त र सहज समाधान गर्ने उद्देश्यका साथ यस सेवा केन्द्रको स्थापना गरिएको कम्पनीले जनाएको छ।
रियलमीले कम मूल्यमा फ्ल्यागशिपस्तरका सुविधा प्रदान गर्दै आएकाले यो ब्रान्ड नेपालमा चाँडै लोकप्रिय बन्न सफल भएको कम्पनीको दाबी छ।
पोखराको चिप्लेढुङ्गास्थित मोबाइल टावरमा खोलिएको यो नयाँ रियलमी सर्भिस सेन्टर बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुल्ने कम्पनीले जनाएको छ।