काठमाडौं। स्किन केयर इसेन्सियल प्रालिले नेपाली बजारमा विभिन्न इसेन्सियल तेल बिक्री सुरु गरेको छ। कम्पनीले छाला तथा कपालको हेरचाह, मसला लगायतमा प्रयोग हुने रोज हिप, जोजोबा, लेमन ग्रास, पुचोली, फ्र्यांकिन्सेन्स, टि ट्री, लाभेन्डर, आर्गन इसेन्सियल्स तेल बिक्री सुरु गरेको हो।
विभिन्न देशबाट आयात गरिएका उच्च गुणस्तरका ती तेल ३० मिलिलिटरको एम्बर बोतलमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।
छाला तथा कपाल हेरचाहमा यस्ता तेल प्रभावकारी देखिएका छन्। यस्ता तेलहरू प्राकृतिक र अर्गानिक भएकाले छाला तथा कपाल हेरचाहमा यसको प्रयोग बढ्दो क्रममा रहेको छ।
कम्पनीका अनुसार कस्मेटिक्सको जथाभावी प्रयोग र न्यूनगुणस्तरको कस्मेटिक्स प्रयोगले हुन सक्ने सम्भावित जोखिम मध्यनजर गर्दै नयाँ पिढीले कस्मेटिक्सको सीमित प्रयोग गर्न इसेन्सियल तेल सुरक्षित मानिन्छ।
इसेन्सियल तेल छाला तथा कपालको हेरचाहसँगै मसाज गर्नसमेत उपयुक्त रहेको तथा सामान्य खत सफा गर्न, चायाँपोतो सफा गर्न, डन्डिफोर उपचारमा समेत इसेन्सियल तेल प्रयोग भइरहेको छ।
सुगन्धित बिरुवाबाट निकालिएको इसेन्सियल तेल प्राकृतिक एन्टिडिप्रेसन, दुखाइ कम गर्ने, मुड र प्रतिरक्षा बुस्टरसमेत भएको तथा अत्यावश्यक तेलले राम्रो सुगन्ध दिन्छ, तनाव कम गर्छ, फंगल संक्रमणको उपचार गर्छ र निद्रा ल्याउनसमेत सघाउने कम्पनीले जानकारी दिएको छ।