काठमाडौं। हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सूची सार्वजनिक गर्दै आएको फर्चुनले सन् २०२३ को सूची बाहिर ल्याएको छ।
उक्त सूचीको २१२औं स्थानमा चिनियाँ अटो निर्माता बिवाइडीले आफ्नो स्थान सुरक्षित गरेको छ।
सूचीको पहिलो स्थानमा वालमार्ट, र्दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोबिल
सामेल छन्।
अघिल्लो वर्ष बिवाइडी सूचीको २२४औं स्थानमा रहेको थियो। इलेक्ट्रिक कार उत्पादन गरेर विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको बिवाइडीको आम्दानी २०२३ मा ६३ अर्ब डलर पुगेको फर्चुनले उल्लेख गरेको छ।
उक्त आम्दानीबाट कम्पनीले २.४७ अर्ब डलर मुनाफा आर्जन गरेको छ।
बिवाइडीको मार्केट भ्यालु १०४.३२ अर्ब डलर रहेको उल्लेख गररएको छ। कम्पनीमा ५ लाख ७० हजार कामदारले रोजगारी पाएका छन्।
बीवाइडी चीनको सबैभन्दा ठूलो मध्येको एक अटोमोबाइल कम्पनीसमेत हो।
सो कम्पनीले बीवाइडी, हान र ट्याङ लगायत ब्रान्डमा सवारीसाधन उत्पादन गरी विश्व बजारमा बिक्री गर्दै आएको छ।
बिवाइडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध गर्दै आएको छ। उक्त ब्रान्डलाई नेपालका लागि आधिकारिक वितरकका रूपमा साइमेक्स इंक प्रालिले कारोबार गर्दै आएको हो।