काठमाडौं। हिमालय एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियान अगाडि बढाउँदै लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ।
अनाथ तथा विपत्र बालबालिकाका लागि लवप्रसाद सुधार संघद्वारा सञ्चालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था लवप्रसाद बालगृहको भान्छा र भोजनकक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरेको हो।
अगस्ट ३ मा बालगृह परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एयरलाइन्सका अध्यक्ष झो इन्योङले बालगृह अध्यक्ष उषा कार्कीलाई ३ लाख ९६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
चेकबाहेक बालगृहमा आश्रित बालबालिकाका लागि भान्छामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेट सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुला हूपजस्ता विभित्र खेलकुद सामग्री पनि सहयोग गरेको छ।
काठमाडौं सुन्दरीजलमा रहेको उक्त बालगृहले १३ बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ। सहयोग रकम बालबालिकाका लागि घरेलु वातावरण कायम राख्नुका साथै थप स्वस्थ, अनुकूल र व्यवस्थित बनाउन बालगृह भवनको भान्छा र भोजनकक्ष मर्मतसम्भारमा प्रयोग गरिने छ।