काठमाडौं। सुजुकी जिम्नी र फ्रोन्क्स सोमबारदेखि टेस्ट ड्राइभ गर्न पाइने भएको छ।
सुजुकीका चारपांग्रे सवारीसाधनका लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले यी दुई एसयुृभी देशभरिका शोरुममा अवलोकन र टेस्ट ड्राइभका लागि उपलब्ध गराउन लागेको हो।
कम्पनीले यी एसयुभीको गत असार २९ देखि बुकिङ खुला गरेको थियो।
कम्पनीले जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
५–ढोके सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयुभी हो, जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सका साथ डिजाइन गरिएको छ।
यो एसयुभी एक समर्पित उन्नत फो ह्विल ड्राइभ प्रणाली, अल ग्रिप प्रोसँग आउँछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र ३ लिंक रिग्ड् एक्एल सस्पेन्सनजस्ता अफ–रोड सुविधा समावेश छन्।
अफ–रोड बाटोका लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोलजस्ता धेरै आधुनिक, आरामदायी र सुरक्षित सुविधा समावेश छन्।
नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसन स्टाइल र प्रिमियम मिश्रीत एसयुभी भएको कम्पनीले जनाएको छ।
‘द फेस अफ न्यु एसयुभी’ भनिएको सुजुकी फ्रोन्क्स आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिले आरामदायी र सुरक्षित अनुभूति प्रधान गर्ने कम्पनीको दाबी छ।
प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाका कारण फ्रोन्क्सले नेपाली ग्राहकको सम्पूर्ण माग आपूर्ति गर्ने कम्पनीको विश्वास छ।