काठमाडौं। नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्विल अफ चेन्ज’ नामक एक्सचेन्ज अफर योजना ल्याएको छ।
कम्पनीले श्रावण १८ बाट सुरु हुने यो योजना हुण्डाई नेपालअन्तर्गत हुन्डाई प्रमिसको सहकार्यमा पाँच प्रतिष्ठित कार एक्सचेन्ज विक्रेतासँगको साझेदारीमा ल्याइएको हो।
आफ्नो कुनै पनि बान्डका गाडी ल्याएर हुण्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीयय इन्धनयुक्त वा विद्युतीय उत्पादनसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ।
हुण्डाईले आफ्ना ग्राहकका आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी ‘ह्विल अफ चेन्ज’ योजना ल्याएको छ।
जसअन्तर्गत काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रालि, आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज गरी पाँच प्रतिष्ठित एक्सचेन्ज पार्टनर्ससँग सहकार्य गरेको छ।
यो योजना नेपालभरि नै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान सकिनेछ। अत्याधिक लाभ र विशेषतासहित यो योजनाले ग्राहकले हुण्डाईको विभिन्न उपलब्ध मोडलमा ५ लाखसम्म नगद छुट, १ लाख ५० हजारसम्म एक्सचेन्ज बोनस र २५ हजार रुपैयाँसम्म एसेसरिज पनि प्राप्त गर्न सक्नेछन्।
एक्सचेन्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडी टेष्ट ड्राइभ गरी आकर्षक उपहार पनि जित्न सकिने कम्पनीले जनाएको छ। योजनास्थलमै तुरुन्तै पुरानो गाडीको मूल्यांकन गरी छिटो छरितो माध्यमबाट यो एक्सचेन्ज योजना सफल बनाउन हुण्डाई प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।