कृष्णबहादुर अधिकारीले पहिलो बैंक नेपाल बैंकको कमाण्ड सम्हाल्ने अवसर पाएका छन । २०६१ कार्तिक १६ गते सहायक प्रवन्धकको रुपमा नेपाल बैंक छिरेका अधिकारी १६ वर्षको छोटो अवधिमा बैंककै उच्च तहमा पुग्न सफल भएका छन् । अधिकारी प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएका हुन । उनले बैंकलाई सबल बनाउन व्यवसायिक योजना समेत तयार पारेका छन । आगामी दिनमा बैंकको छवि राम्रो बनाउने र वित्तीय रुपमा सबल संस्थाको रुपमा स्थापना गर्ने योजना लिएका सीईओ अधिकारीसंग क्यापिटल नेपालका लागि कमला अर्यालले गरेको कुराकानी ।
करियर सुरु भएको १६ वर्षमै नेपाल बैंकमा सीईओ बन्न सफल हुनु भयो । यहाँले कस्तो अनुभव गर्नु भएको छ ?
मलाई नेपालको पहिलो बैंकको कर्मचारी भन्न पाउँदा गर्व लाग्छ । तलव, सेवा र सुविधालगायत हिसावले अन्य बैंकका कर्मचारीको भन्दा कम होला । तर, नेपालको पहिलो बैंकको सीईओ हुन पाएको छु । यसमा मलाई गर्व छ । पहिलो बैंकमा सेवा गर्न पाउनुको गर्व नै छुट्टै हुँदो रहेछ । त्यसैले मैले एकदमै खुसी र आनन्द महशुस गरेको छु । कुनै बेला बैंकको उच्च तहमा पुग्छु भन्ने लाग्थ्यो । किन कि म जहाँ जुनसुकै काम गरेपनि पूर्ण जिम्मेवारीका साथ गर्छु ।
ग्राहक, कर्मचारी होस या अन्य सबैसँग मैले राम्रै व्यवहार गर्दै आएको छु । यो मेरो पहिलादेखीकै स्वभाव हो । राम्रो काम गर्दै जाँदा एक दिन आफू पुरस्कृत भएको महसुर भएको छ । २२/२५ वर्षको इतिहासमा बैंकका कर्मचारीलाई यो स्थान दिइएको हो । बैंकको कर्मचारीलाई विश्वास गरेर सीईओ नियुत्त गरेकोमा आभारी छु । यो मलाई मात्रै होइन,बैंकका सबै कर्मचारीलाई गरिएको विश्वास हो ।
बैंकलाई अझ सबल बनाउन तपाईको व्यवसायिक योजना के छन् ?
बैंकको संरचनात्मक, प्राविधिक सुधारका साथै ग्राहक लक्षित सेवा, कर्पाेरेट गभरनेन्स त्यति भइसकेपछि व्यवसाय वृद्धि गर्ने हो । म यहाँ आउने बेलामा पनि एउटा विजनेश प्लान मागिएको थियो । त्यो विजनेश प्लानमा मैले यिनै कुराहरु राखेको छु । जहाँ विजनेस भोलुमको कुरा छ, डिपोजिटमा २५ प्रतिशत र कर्जामा २० प्रतिशतको ग्रोथ हुने मेरो प्रोजेक्शन छ । शेयरधनी महानुभावहरुलाई पनि प्रत्येक वर्ष निश्चित रकम दिन सकिएला भन्ने किसिमले ग्रोथ प्रोजेक्शन गरिएको हो । त्यो हामीले हासिल गर्ने छौं । सेयरधनीलाई राम्रो प्रतिफल दिने योजना छ ।
यहि ६/७ महिनाको अवधिमा गरेको त पक्कै होइन । म भन्दा अग्रज सिइओ देवेन्द्रप्रताप शाह, महेश्वरलाल श्रेष्ठ सर र त्यतिखेको सम्पूर्ण टिम जसमा म पनि थिएँ । सबैको अथक प्रयास र महेनतले आज लगानीकर्तालाई लाभांश वितरण गर्न सकिने अवस्थामा पुगेको हो । यसको श्रेय सबैलाई जान्छ । लगानीकर्ताहरुले पनि लामो समयसम्म धैर्य गर्नुभयो ।
लामो समयपछि बैंकले लगानीकर्तालाई लाभांश दिन सफल भएको छ । यो कसरी संभव भयो ?
यो तत्कालै सिर्जना भएको परिस्थिती होइन् । धेरै वर्षको प्रतिफल हो । बैंक १० अर्बको नेगेटिभ नेटवर्थ, त्यत्तिकै भोलुमको क्युमुलेटिभ लसलाई रिकभर गर्दै आजको यो अवस्थामा आइपुगेको हो । यसको प्रस्थान विन्दु भनेकोे २०६१/०६२ सालदेखि नै हो । २०६१/०६२ सालदेखि त्यो १०/११ अर्ब रुपैयाँलाई रिकभर गर्दै हामी यो अवस्थामा आइपुगेका हौ । म एक्टिङ सिइओ भएको गत चैत्र १२ गते हो ।
यहि ६/७ महिनाको अवधिमा गरेको त पक्कै होइन । म भन्दा अग्रज सिइओ देवेन्द्रप्रताप शाह, महेश्वरलाल श्रेष्ठ सर र त्यतिखेको सम्पूर्ण टिम जसमा म पनि थिएँ । सबैको अथक प्रयास र महेनतले आज लगानीकर्तालाई लाभांश वितरण गर्न सकिने अवस्थामा पुगेको हो । यसको श्रेय सबैलाई जान्छ । लगानीकर्ताहरुले पनि लामो समयसम्म धैर्य गर्नुभयो । त्यसको प्रतिफल पाउनुभयो ।
अहिले १० अर्बको नेटवर्थ बढेर ३० अर्ब रुपैयाँ पुगेको छ । त्यो त हाम्रै पैसा हो भनेर विश्वास गर्दै लगानीकर्ताले पनि कुर्नुभयोे । आगामी वर्षबाट हामीले निरन्तर रुपमा लगानीकर्तालाई लाभांश दिने छौं । लगातार दिन सक्यो भने बैंकले राम्रै गर्यो भन्ने हुन्छ । तर मैले दिए भनेर गर्व गर्ने विषय भने होइन ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकको नाफा घटेको छ । किन ?
पहिलो त्रैमासमा गत आर्थिक वर्षको तुलनामा नाफा घटेको हो । नाफा घट्नुमा केही कारणहरु छन् । पहिलो त्रैमाशमा घटे पनि दोस्रो त्रैमाशदेखि बढ्ने छ । चालु आर्थिक वर्षमा हामीले न्युनतम ३ अर्ब रुपैयाँ खुदनाफा गर्ने लक्ष्य लिएका छौं । यो लक्ष्य हामी हासिल गर्छौं। यो नाफा गर्न हामीसँग पर्याप्त आधारहरु छन । विजनेश भोलुम नबढेसम्म हामीले टार्गेट गरेको लक्ष्य हासिल गर्न संभव हुँदैन । त्यसैले डिपोजिटर्सलाई उच्तम ब्याज दिने बैंक र कर्जामा न्युनतम ब्याज लिने नेपाल बैंकनै हो ।
अहिलेको त्रैमासिक रिपोर्ट हेर्नुभयो भने पनि हाम्रो स्प्रेडदर थोरै छ । हाम्रो स्प्रेड ४.६ प्रतिशत मात्र छ । नेपाल बैंकले सरकारको पोलिसी,राष्ट्र बैंकको नीति निर्देशनहरु अक्षरस पालना गर्छ । हामीसँग एउटा मात्रै दायित्व छैन । यो सरकार र नीजि दुवै क्षेत्रको बैंक हो । सरकारलाई लाभांशको मतलव नहोला तर नीजि क्षेत्रलाई हुन्छ । अर्काे तर्फ निजी क्षेत्र सेवा भन्दा पनि नाफामुखी होला । सरकारको नाफा नभै सेवा भन्ने होला । यी सबै कुरालाई मिलाएर लैजानुपर्ने दायित्व हामीमाझ छ । त्यति मात्रै नभएर देशको नामसँग जोडिएको बैंकलाई कुनै अनइथिकल काम होला र देश र बैंककै इज्जत जान्छ कि भन्ने डर हामीलाई छ । त्यसैले पनि निकै संयम हुनुपर्ने अवस्था छ ।
निक्षेप परिचालन नगरी व्यवसाय विस्तार गर्न संभव छैन । निक्षेप परिचालन बढाउन बैंकसंग के कस्ता योजनाहरु छन् ?
हामीप्रति सर्वसाधारणको अगाध विश्वास छ । वचतमा ६.५, मुद्धतिमा ९.२ प्रतिशत ब्याज दिइरहेका छौं । ८.५ प्रतिशत कर्पोरेट कर्जा दिइरहेका छौं । उच्चतम प्रतिफल पाउने आशामा पनि ग्राहकहरु पनि अहिले हामीसँग आकर्षित हुनुहुन्छ । विभिन्न सरकारी निकायहरुसँग अथवा अन्य कार्पाेरेटहरुसँग पनि हामीले सहकार्य गर्छाँैँ । त्यसबाट पनि हामीले डिपोजिट बढाउन सक्छौं। अहिले पनि हाम्रो स्कोप छ । अरु बैंकको सीसीडी औषतमा ७८ प्रतिशत हाराहारीमा छ ।
अहिलेको त्रैमासिक रिपोर्ट हेर्नुभयो भने पनि हाम्रो स्प्रेडदर थोरै छ । हाम्रो स्प्रेड ४.६ प्रतिशत मात्र छ । नेपाल बैंकले सरकारको पोलिसी,राष्ट्र बैंकको नीति निर्देशनहरु अक्षरस पालना गर्छ । हामीसँग एउटा मात्रै दायित्व छैन । यो सरकार र नीजि दुवै क्षेत्रको बैंक हो । सरकारलाई लाभांशको मतलव नहोला तर नीजि क्षेत्रलाई हुन्छ । अर्काे तर्फ निजी क्षेत्र सेवा भन्दा पनि नाफामुखी होला । सरकारको नाफा नभै सेवा भन्ने होला । यी सबै कुरालाई मिलाएर लैजानुपर्ने दायित्व हामीमाझ छ ।
तर हाम्रो ७२ प्रतिशत मात्र छ । विजनेश ग्रोथ गर्न अझै धेरै स्पेश छ । पहिला हामीलाई के डर हुन्थ्यो भने सीसीडी ७६ मा हुँदाहुँदै पनि एकै दिन घटेर ८० पुग्थ्यो । किन यस्तो भएको भन्दा हामीसँग निक्षेपको ब्याजदर कम थियो । त्यसो हुँदा अरु बैंकले रातारात निक्षेप लगिदिन्थे । अहिले हामीलाई त्यस्तो समस्या छैन । अहिले हाम्रो ब्याजदर आकर्षक छ । वार्षिक साधारणसभाको अवसरमा हामीले ग्रीन सेभिङ डिपोजिट प्रडक्ट लञ्च गरेका छौं । जसमा ६.५ प्रतिशत ब्याज, इन्टरनेट, एसएमएस, मोबाइल बैंकिङ, ५० हजार रुपैयाँसम्म औषधी उपचारसम्बन्धी बीमा र ५० लाख रुपैयाँसम्म दुर्घटनासम्बन्धी बीमा लगायतका व्यवस्था छन् ।
अर्काेतर्फ कर्जामा मार्केट नै स्वीफ्ट हुने खालको प्रोडक्ट छ हाम्रो । अरु बैंकको वेसरेट नै ९ भन्दा माथि छ । हाम्रो कर्जाको ब्याजदर नै ८.८४ प्रतिशत छ । त्यसकारण बजारमा सबैभन्दा कम ब्याजदरमा कर्जा दिने बैंक भनेको नेपाल बैंक नै हो । अहिले औषतमा बैंकको वेसरेट हेर्ने हो भने १० प्रतिशतको हाराहारीमा छ । त्यसमा प्रिमियम जोड्ने हो भने त एकल अंकको ब्याजदर कसैको पनि रहँदैन । नेपाल बैंकले एकल ब्याजदरमा कर्जा दिइरहेको छ ।
पहिलो त्रैमासिक वित्तीय विवरण हेर्दा बैंकका आधिकांश सुचकहरु नकारात्मक देखिन्छन् । यस्तो अस्था कसरी आयो
बैंकका केही सुचकहरु नेगेटिभ भएको सत्य हो । नाफा घटेको छ । खराव कर्जा पनि बढी नै छ । यस्तै फि कमिशन र खुद ब्याज आम्दानी पनि घटेको छ । खुद ब्याज आम्दानी हामीले मेन्टेन्ड गरेका छौं । कर्जाको ब्याजदर अलिकति बढाइदिने हो भने त मेन्टेन्ड भइहाल्छ । पैसा नै कमाउने, नाफा नै कमाउने हो भने त अहिले हामीसंग १०० अर्ब रुपैयाँको कर्जा पोर्टफोलियो छ ।
१ प्रतिशत मात्रै बढाउँदा पनि १ अर्ब रुपैयाँ त यसै बढ्छ । १ अर्ब रुपैयाँ कमाउन त हामीले कुनै मेहनत गर्नु पर्दैन । अरु बैंकको स्प्रेडमा ५ भन्दा बढी छ । त्यसरी हामीले मेन्टेन्ड गर्ने हो भने पनि ५० करोड रुपैयाँ त हामीलाई यसै पनि आउँछ । त्यो हामीलाई थाहा छ । तर, हामी त्यसो गर्दैनौँ । यो इस्यु त्यति ठुलो होइन । हामीले बढाउन चाह्यौ भने तुरुन्तै नाफा बढ्छ । विजनेशको भोल्युम बढाएर बढ्ने छुट्टै कुरा हो । भोलुमलाई त्यहि राखेर मार्जिन बढाएर ग्रोथ गर्न चाहान्नौँ । हामी पूर्ण रुपमा इथिकल प्राक्टिसमा छौँ ।
त्यस्तै, फि कमिशन यो वर्षको पहिलो त्रैमासमा घटेको छ । त्यो घट्नुको कारण के हो भने गत आर्थिक वर्षमा एकाउन्टिङ गरेर नभ्याइसकेको र २०७५ असार मसान्तमा एकाउन्टिङ नगरिसकेकोलाई २०७५ साउन पछि गर्यौ । त्यो ३८ करोड रुपैयाँ जति छ । त्यसकारण घटेको देखिएको हो । समग्रमा रेगुलर रुपमा भने हामी पछि छैनौं । नाफा घटेको सत्य हो । गत वर्ष डिपोटिजमा १.२५ प्रतिशत थियो । कर्जामा त्यो स्प्रेडले कमाएका छौं । ६.५ प्रतिशत त डिपोजिटको ब्याज छ । स्प्रेड नै घट्यो ।
त्यस कारणले बैंकको नाफा घटेको हो । २०७५ असोज मसान्तमा निष्क्रिय कर्जा अलि बढी थियो । ७५ असोज मसान्तको तुलनामा अलि घटेको छ । तर पनि यसलाई हामी सन्तोषजक मान्दैनौ । यो टेक्नीकल फेनोमेनन् हो । कर्जाको ब्याजदर अलिकति बढाइदिने हो भने त मेन्टेन्ड भइहाल्छ । पैसा नै कमाउने, नाफा नै कमाउने हो भने त अहिले हामीसंग १०० अर्ब रुपैयाँको कर्जा पोर्टफोलियो छ ।
१ प्रतिशत मात्रै बढाउँदा पनि १ अर्ब रुपैयाँ त यसै बढ्छ । १ अर्ब रुपैयाँ कमाउन त हामीले कुनै मेहनत गर्नु पर्दैन । अरु बैंकको स्प्रेडमा ५ भन्दा बढी छ । त्यसरी हामीले मेन्टेन्ड गर्ने हो भने पनि ५० करोड रुपैयाँ त हामीलाई यसै पनि आउँछ । त्यो हामीलाई थाहा छ । तर, हामी त्यसो गर्दैनौँ ।
बैंकको पेन्सन फण्ड र पूराना कर्मचारीको विवाद पनि छ । यसलाई कसरी मिलाउँदै हुनुहुन्छ ?
हामीसँग पुराना साथीहरुको पनि मुद्धा छ । नेपाल बैंकमा ३ किसिमका अवकास नीतिहरु छन् । एउटा उपदान लिने, एउटा पेन्सन लिने र अर्काे ७ वर्षे पेन्सन एकमुस्ट लिने, त्यसपछिबाट नियमित रुपमा मासिक लिने । अहिले को इस्यु भनेको ७ वर्षको एकमुस्ट पेन्सन लिनेको हो । त्यो ७ वर्ष कटेपछि मासिक रुपमा रेगुलर पाउने भयो ।
७ वर्ष एकमुस्ट लिएपछि त्यो बीचमा बढेको पेन्सन हिस्सा छ । त्यो बैंकको विनियमावली अनुसार नपाउने भन्ने थियो । हामीले विनियमावली अनुसार मिल्दैन भनिदियौं । उहाँहरु मुद्धामा जानु भयो । अदालतले दिनु भनेपछि हामीले हिसाव गर्यौ । उहाँहरुलाई त्यसमा पनि चित्त नबुझेर फेरी मुद्धामा जानुभएको छ । मुद्दाको क्रम चलिरहन्छ ।
रिटायडमेन्ट फण्डमा ९ अर्ब रुपैयाँ छ । यो २७२ जनाको मुद्धाको केश हो । केहिले हामीले गरेको हिसाव अनुसार पैसा लिएर पनि जानु भएको छ । चित्त नबुझ्नेहरु मुद्धामा जानुभएको छ ।
बैंकलाई आगामी दिनमा कसरी अगाडी बढाउँदै हुनुहुन्छ ?
हामी बैंकलाई डोर्याउने कामममा निकै सतर्क छौं । अगुल्टोले हानेको कुकुर बिजुली चम्कदाँ तर्सिन्छ भने झै हामी यसमा निकै सर्तक छौं । नेपाल बैंकको कुनै कालखण्डमा तत्कालिन व्यवस्थापनको अदुर्दर्शिता, लोभ, लालच, अनाश्यक हस्तक्षेपका कारण बैंक समस्याग्रस्त भयो । ती समस्याग्रस्त भएका कारण हामी यहाँसम्म आउन पायौं । समस्याग्रस्त भएपछि विदेशी व्यवस्थापन आयो । तत्कालिन समयमा विदेशी व्यवस्थापनले समस्यालाई ह्याण्डलीङ गर्यो । यी तत्कालिन समस्या हुन । यी समस्या कहिलै पनि दोहोरिनु भएन ।
सम्पत्तिको लेभल भन्दा इज्जतको लेभल धेरै माथि हुन्छ । त्यसैले यो मामालमा अब हामी छाती फुलाएर गर्व गरेर मुकावला गर्न सक्ने अवस्थामा छौं । ग्राहकहरुलाई पनि के अनुरोध गर्छु भने सरकारी निकायमा काम ढिलो हुने, भेटी चढाए मात्रै काम हुन्छ भन्ने नठान्नु होला । बैंकमा आइदिनु होला, बैंकलाई माया र विश्वास गर्नुहोला । बैंक बलियो भैसकेको छ । हाम्रो अबको योजना भनेको कर्पाेरेट गभर्नेन्समा फोकस हुने हो । स्टक्चरल रिफर्महरु लामो समयदेखि अध्ययन नभइरहेको अवस्था छ । हामी ओएनएम सर्भे गर्छाैं ।
नेपाल बैंक प्रविधी मैत्री बैंक भएको छ । बैंकलाई प्राविधिक रुपमा समय सापेक्ष अपडेड गर्ने पक्षमा छौं । विभिन्न क्षेत्रमा हाम्रा शाखा संजालहरु छन् । त्यसलाई स्पीड बढाएर उत्पादन बढाउन लाग्छौं । हाम्रा शाखा सञ्जाल आजको मितिमा १७५ छन् । २५ एक्टेन्शन काउन्टर, १२० जति एटिएम छन् । यसलाई अझ विस्तार गछौं। यो आर्थिक वर्षमा हामीले ३० शाखा विस्तार गर्ने क्रममा छौं । डिपोजिटरहरुलाई डिपोजिटको उचित प्रतिफल दिँदै अगाडी बढ्ने योजनामा हामी छौं ।
पछिल्लो समय बैंकहरुले प्रविधिमा प्रसस्त लगानी नगरेका कारण प्रणाली नै ह्याकिङ गरेर पैसा चोरी हुने क्रम बढेको छ । प्रविधीमा लगानी गर्न बैंकहरुले किन आनाकानी गरेका हुन ?
अहिले हामीले नेपालमा बनेको पुमरी सफटवयेर प्रयोग गरिरहेका छौं । यसले हाम्रो सबै ट्रान्ज्याक्शनलाई क्याटर गर्न नसकेको हो कि भन्ने महसुस भएको छ । त्यसका लागि हामीले अध्ययन पनि सुरु गरेका छौं । हामीले प्रविधीका लागि लगानी गर्न बजेट पनि छुट्याएका छौं । यो आर्थिक वर्षभित्र गर्छाै भन्ने सोच छ । नेपाल बैैंक अब प्रविधिमा आधारित भएर सिस्टमबाट चल्ने बैंकको रुपमा स्थापित हुने छ ।
१६/१७ वटा पोलिसीहरु अपडेट गर्ने क्रममा छौं । अर्काेतर्फ प्राइस वाटर हाउसलाई रिक्स अध्ययन गर्न लगाएका छौं । उहाँहरुबाट फिडब्याक आएपछि प्रविधिलाई अपडेट गर्छाैं । बैंकहरुले प्रविधिमा लगानी बढाउनै पर्छ । प्रविधिको लगानीले बैंकिङ प्रणालीलाई नै सुरक्षित बनाउँछ ।
तस्वीर: नाजिया श्रेष्ठ