काठमाडौं। साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२५ अंकले बढेर २ हजार ८६.८४ बिन्दुमा बन्द भएको हो।
आज कारोबारमा आएका २ सय ६९ कम्पनीको ९३ लाख ६१ हजार ७ सय ८६ कित्ता सेयर ३५ हजार ८ सय ३५ पटक खरिदबिक्री हुँदा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
कारोबारको आधारमा सबैभन्दा शिवम सिमेन्टको कारोबार भएको छ। कम्पनीको कूल १ लाख ९१ हजार ८ सय ३७ कित्ता सेयर १ हजार १ सय ७७ पटक खरिदबिक्री हुँदा कूल ११ करोड १९ लाख रुपैयाँ बढी कारोबार भएको हो।
यस्तै, आरबिबी म्युचुअल फण्ड–१ का लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। आरबिबी म्युचुअल फण्ड–१ को सेयर मूल्यमा ४.१४ प्रतिशतले वद्धि भएर ७ रुपैयाँ कायम भएको छ।
साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४.०३ प्रतिशतले वृद्धि भएर ५ सय ६ रुपैयाँ, सिद्धार्थ इक्युटी फन्डको ३.८९ प्रतिशतले वृद्धि भएर ९ रुपैयाँ ०७ पैसा, सिंगटी हाइड्रो पावरको ३.८९ प्रतिशतले वृद्धि भएर २ सय रुपैयाँ ५० पैसा र सयपत्री हाइड्रो पावरको ३.८५ प्रतिशतले वृद्धि भएर ३ सय ७ रुपैयाँ मूल्य कायम भएको छ।
बुधबार प्रभु स्मार्ट फन्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। प्रभु स्मार्ट फन्डको सेयर मूल्य १० प्रतिशतले घटेर ८ रुपैयाँ ३७ पैसा कायम भएको छ। साथै, एनआइबिएल समृद्धि फन्ड–२ को ४.५८ प्रतिशत, सुपर म्यादी हाइड्रो पावरको ४.०५ प्रतिशत, सामुदायिक लघुवित्तको ३.८३ प्रतिशतले र मल्टिप्रपोज फाइनान्सको ३.३२ प्रतिशतले सेयर मूल्य घटेको छ।