काठमाडौं। सेगवेका स्कुटर किन्न ठूला बैंकले कर्जा दिने भएका छन्। जसअनुसार हालैमात्र सेगवे इलेक्ट्रिक स्कुटर किन्न एनआइसी एसिया बैंकले बिनाब्याज लगानी गर्ने सम्झौता गरेको छ। बैंकसँग १८ महिनासम्म किस्ताबन्दीका लागि शून्य प्रतिशत ब्याजदरमा इएमआई सेवासम्बन्धी सम्झौता भएको सेगवे नाइनबटका लागि नेपालको आधिकारिक वितरक आइहब प्रालिले जानकारी दिएको छ।
यस सम्झौताअन्तर्गत अब सेगवे स्कुटर खरिदकर्ताले शून्य प्रतिशत ब्याजमा १८ महिनासम्म इएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। यो सुविधा सेगवे 'एन१००', 'ई१००', 'ई१००एल' र 'ई१२५' सबै मोडेलमा पाउन सकिने कम्पनीले जनाएको छ। साथै, सेगवेले यी स्कुटर खरिदमा हेल्मेट, स्कुटर कभर, रेनकोट र एक वर्षसम्म वार्षिक मर्मत खर्चसमेत प्राप्त गर्न सकिने जनाएको छ। सेगवेको वित्तीय साझेदारमा एनआइसी एसिया बैंकको साथमा माछापुच्छ्रे बैंक र 'तपाईंको बजार' को पनि साथ रहेको कम्पनीले जनाएको छ।
सेगवे सेल्फ ब्यालेन्सिङ दुईपांग्रे सवारीसाधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनीका रूपमा रहेको छ। कम्पनीका उत्पादन अमेरिका, युरोपकासाथै ८० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ। नेपालमा लोकप्रियता कमाइरहेको सेगवेका विभिन्न विशेषता र सेवा छन्।
सेगवेका स्कुटर आकर्षक, नयाँ शैली र मौलिक डिजाइनमा उपलब्ध छन्। यी कम्पनीका स्कुटरमा चालक सिटमा नबसेसम्म स्टार्ट हुँदैन भने स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म यो चल्दैन। सेगवेका स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयनयुक्त पानी प्रतिरोधी ब्याट्री–आइपिएक्स ५ ब्याट्री (आइपिएक्स ७०) जस्ता सुविधा उपलब्ध छन्।
सेगवेका स्कुटरमा किलेस सिस्टम उपलब्ध छ। साथै, सुन्दर ढंगले डिजाइन गरिएको साँचोको साथमा रिमोट कन्ट्रोलमा दुई बटन छन्। एउटाले स्कुटरलाई अन र अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ। सजिलो ह्यान्डलिङ फिचरका कारण पनि यसले अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
सेगवे ई–१०० ‘वान अफ द बेस्ट सेलिङ मोडल इन नेपाल’ बन्न सफल भएको थियो। सेगवेका स्कुटरमा रमाइलो सवारी अनुभवका लागि सहज र आरामदायी सिट छन्। बलियो इन्जिन र प्रभावशाली ब्याट्रीबाहेक यी स्कुटर आकारमा ठूला छन् भने सिटमुनि पर्याप्त ठाउँ उपलब्ध छ।
सेगवेका स्कुटरमा अटोमेटिक टायरको विशेषता पनि छ। जसमा १० सेकेन्डसम्म प्रयोग नगरेको खण्डमा आफैं टायर र ह्यान्डल लक हुन्छ। त्यस्तै कुनै मानिसले प्रयोग गर्न खोज्यो भने अलार्म बज्ने फिचर यी स्कुटरमा उपलब्ध छ।