काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा पहिरो नै गएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.५९ अंकले घटेर २ हजार ७७.५८ को बिन्दुमा सेयर बजार बन्द भएको हो।
मंगलबार कारोबारमा आएका २ सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर ४० हजार ८ सय ३७ पटक खरिद बिक्री भएको छ। मंगलबार १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ।
कारोबारको आधारमा सबैभन्दा बढी अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको २ लाख १० हजार १ सय ८१ कित्ता सेयर १ हजार ६ सय ४६ पटक खरिद बिक्री हुँदा कुल ८ करोड ७४ लाख रुपैयाँ बढीको कारेबार भएको छ।
मंगलबार किसान लघु वित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको सेयर मूल्य ६.५४ प्रतिशतले घटेर ८ सय १५ रुपैयाँ १० पैसा कायम भएको छ।
मंगलबार हिमालयन लघुवित्तको ५.५७ प्रतिशत, प्रोगेसिभ फाइनान्सको ५.२४ प्रतिशत, जोशी हाइड्रोपावरको ४.२१ प्रतिशत र ग्रिन भेञ्चर लिमिटेडको ४.१७ प्रतिशतले सेयर मूल्य घटेको थियो।
मंगलबार सुपर न्यादी हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीको सेयर मूल्य ४.६० प्रतिशतले बढेर ३ सय ९८ रुपैयाँ कायम भएको छ।
सिक्लेस हाइड्रोपावरको १.९३ प्रतिशत, बिओके डिबेञ्चर २०८०को १.८४ प्रतिशत, एनएमबी ५० को १.७८ प्रतिशतले र नारायणी डेभलपमेन्ट बैंकको १.७४ प्रतिशतले सेयर मूल्य बढेको नेप्सेले जनाएको छ।