काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्वभरिका समन्वय परिषदमा नयाँ नेतृत्वका लागि निर्वाचन भइरहेको छ। हालसम्म ४५ देशमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद निर्वाचन भएर दुई वर्षका लागि नयाँ नेतृत्व चयन भइसकेको छ।
यसरी निर्वाचित हुनेमा अमेरिकामा डा. अर्जुन बन्जाडे, स्विजरल्यान्ड कृष्णप्रसाद सिवाकोटी, फिनल्यान्ड लुभ उपाध्याय, बेल्जियम सीता सापकोटा, केन्या शिवलाल अधिकारी, चेक गणतन्त्र वैकुण्ठ रायमाझी, बहराइन राजुकुमार श्रेष्ठ,
चीन निर्मल शर्मा चौलागाईं, लक्जेम्बर्ग विमलबाबु उपाध्याय र डेनमार्कमा कमलराज शर्मा छन्।
त्यस्तै हंगेरीमा नारायणप्रसाद भण्डारी, साउदी अरब रविना अर्याल, नेदरल्यान्ड थानेश्वर कँडेल, स्वीडेन गंगाप्रसाद घिमिरे, हङकङ गोकर्णप्रसाद ढकाल, कम्बोडिया लालसिंह खड्का, कुवेत रणध्वज लामा, मकाउ भीमसेन श्रेष्ठ, नर्वे विष्णु गौतम र अस्ट्रियामा ध्रुव पौडेल निर्वाचित भएका छन्।
त्यसैगरी स्पेनमा पेशलकुमार कोइराला निरौला, न्युजिल्यान्ड लाल केसी, थाइल्यान्ड भविन्द्र बस्नेत, इजरायल कृष्ण भण्डारी, आयरल्यान्ड प्रकाश सापकोटा, इराक विनोद श्रेष्ठ, कतार रमेश भट्ट, पोर्चुगल उमेशकुमार खड्का, अस्ट्रेलिया अनिल पोखरेल, म्यानमार देवेन्द्र नौलखा, जापान नवीन निउरे, पपुवा न्युगिनी पोसन पुन, नाइजेरिया सोमेश अर्याल, दक्षिण कोरिया बुद्धि गुरुङ र साइप्रसमा राधा पोखरेल थापा अध्यक्ष चुनिएका छन्।
यस्तै सेसेल्स अध्यक्षमा मनोज विक, क्यानडा माधव दुलाल, युएई विकास शाही, माल्टा रेमलाल खनाल, रुस केशव तिमिल्सेना, ओमन विकल झा, बेलायत हितकाजी गुरुङ, मलेसिया विनोद थापा, पोल्यान्ड नरेश सापकोटा र इटालीमा भवेशकुमार सिंह निर्वाचित भएका छन्।