काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २६.१४ अंकले घटेर २ हजार १ सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ।
विभिन्न २ सय ६६ वटा कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर ४६ हजार ३ सय २७ पटक खरिदबिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५ सय २७ रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
म्युचुअल फन्ड शून्य दशमलव ०४ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूह २ सय १० दशमलव ३७ अंक र जीवन बिमा समूह १ सय ८८ दशमलव १८ अंकले घटेको छ।
आज बैंकिङ ७.९८, विकास बैंक ५९.१६, वित्त ४३.६५, होटल तथा पर्यटन १२०.८२ र जलविद्युत ३३.६५ अंकले घटेको छ।
त्यसैगरी, लगानी समूह ०.५९, उत्पादन तथा प्रशोधन ३२.७९, लघुवित्त ६५.३५, व्यापार ६०.०९ र अन्य समूह २८.५१ अंकmले घटेको छ।
आजको कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ३.५६ प्रतिशतले दरले बढेको छ भने सबैभन्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.७८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १४ करोड ७८ लाख ७४ हजार ३ सय ४९ रुपैयाँबराबरको सेयर किनबेच भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको २ लाख ६८ हजार ७ सय ७४ कित्ता सेयर खरिदबिक्री भएको छ।