एजेन्सी। जयन्ती चौहान भारतकी एक यस्ती महिला व्यवसायी हुन् जसले ‘बिस्लरी इन्टरनेसनल’ को उपाध्यक्षका रूपमा काम गरिरहेकी छिन्।
उनले ७० अर्ब भारुको व्यावसायिक साम्राज्य सम्हालिरहेकी छिन्। उनी व्यवसायी रमेश चौहानकी एक्ली छोरी हुन्। उमेरका कारण कम्पनी बेच्ने उनको बुबाको निर्णयका कारण टाटा ग्रुपले बिस्लेरी इन्टरनेसनल प्राप्त गर्ने तयारी गरेको थियो।
त्यसबेला जयन्ती व्यवसायको जिम्मेवारी लिन अनिच्छुक थिइन्। तै पनि, पछि उनले आफ्नो मन परिवर्तन गरिन् र टाटासँगको सम्झौता पूरा नभएपछि जयन्तीले बिस्लेरीको नेतृत्व ग्रहण गरिन्।
को हुन जयन्ती?
जयन्तीले अमेरिकाको लस एन्जलस फेसन इन्स्टिच्युट अफ डिजाइन एन्ड मर्चेन्डाइजिङबाट उत्पादन विकासमा स्नातक अध्ययन पूरा गरेकी छिन्।
उनले इन्स्टिच्युटो मारागोनी मिलानोबाट फेसन स्टाइलिङमा डिग्री पनि लिएकी छिन्। यस्तै लन्डन कलेज अफ फेसनमा फेसन फोटोग्राफी र स्टाइलिङ अध्ययन गरिन्। उनले लन्डन विश्वविद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिजबाट अरबीमा डिग्री पनि लिएकी छिन्।
न्युयोर्क, नयाँदिल्ली र मुम्बईमा हुर्किएर जयन्तीले विभिन्न सांस्कृतिक प्रभाव सामना गरिरहेकी छिन्। प्रमुख फेसन हाउसहरूमा इन्टर्नका रूपमा बहुमूल्य अनुभव प्राप्त गरेकी छिन्।
जयन्तीको बिस्लरी यात्रा
बिस्लरीको नेतृत्व गर्न प्रारम्भिक अनिच्छा हुँदाहुँदै उनले अन्ततः आफ्नो भूमिका अँगालिन्। उनको बुबाको निर्देशनमा २४ वर्षको उमेरमा आफ्नो बिस्लरी यात्रा सुरु गरिन्।
संलग्नता अवधिमा जयन्तीले दिल्ली र मुम्बई कार्यालय निरीक्षणसहित विभिन्न जिम्मेवारी सम्हालिन्। उनको निर्देशनमा दिल्ली कार्यालयले कारखाना नवीकरण र प्रक्रिया स्वचालनसहित महत्वपूर्ण परिवर्तन देख्यो।
उनले मानव संशाधन, बिक्री र मार्केटिङजस्ता विभाग पुनर्संरचना पनि गरिन्। बलियो टोलीलाई बढावा दिँदै अघि बढ्दा उनले सफलता हात पारेकी छिन्।
हाल जयन्ती बिस्लरी मिनरल वाटर, हिमालयबाट वेदिका प्राकृतिक मिनरल वाटर, फिजी फ्रुट ड्रिंक्स र बिस्लेरी ह्यान्ड प्युरिफायरका लागि नयाँ उत्पादन विकास र सुव्यवस्थित कार्यमा सक्रियरूपमा संलग्न छिन्।
उनी बिस्लरीको मार्केटिङ र ब्रान्डिङ रणनीतिका अभिन्न अंग हुन्। कम्पनीको नयाँ ब्रान्ड छवि र बढ्दो उत्पादन पोर्टफोलियो पछाडिको ड्राइभिङ फोर्समा जयन्ती छिन्।
जेआरसी भनेर चिनिने जयन्ती चौहान बिस्लरी इन्टरनेसनलको सफलता र विस्तारका पछाडि एक प्रेरक शक्ति बनेकी छिन्। उनको व्यापक विश्वव्यापी एक्सपोजर र विविध कौशलले कम्पनी एक तह माथि उठेको छ।