काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी कम्पनिजले ग्राहकको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेनुइन पार्ट्सहरूको मूल्य समायोजन गरेको छ।
हाल विद्यमान प्रतिकूल परिस्थितिका कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटर्सको संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेनुइन पार्ट्सहरूको मूल्य समायोजन गरिएको हो। अब ग्राहकले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेनुइन पार्ट्सहरू प्राप्त गर्न सक्नेछन्।
सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरूप टाटा जेनुइन पार्ट्सको मूल्य घटाइएको कम्पनीले जनाएको छ। अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कसपमा अनुभवी तथा दक्ष प्राविधिकबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेनुइन पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिङको फाइदा उठाउन सक्नेछन्। यस मूल्य समायोजन पश्चात ग्राहकको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास सिप्रदीको छ।
समायोजित मूल्य साउन महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेनुइन पार्टस्को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागू भएको छ।
साथै सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेनुइन पार्टसमा ६ महिना वा ५० हजार किमिसम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दै आइरहेको छ।
देशकै ठूलो प्रतिष्ठित ब्रान्ड सिप्रदी ट्रेडिङ मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ। ४१ वर्षदेखि यो व्यवसायमा संलग्न सिप्रदीको वार्षिक आय ३५ करोड मिलियन अमेरिकी डलरभन्दा बढी छ।
अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवा तथा इक्युपमेन्ट व्यवसायका क्षेत्रमा द्रुत गतिमा फस्टाइरहेको छ। सन् १९८२ देखि टाटा मोटर्सको एकमात्र विक्रेता सिप्रदी ट्रेडिङ आइएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो। सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण सञ्जाल रहेको छ।
टाटा मोर्टर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीको बिक्री गर्न सिप्रदीको नेपालभरि २७ वटा बिक्री कार्यालय र ५३ वटा सर्भिस सेन्टर छन्। साथै देशभरि २ सय ६९ वटा स्पेयर आउटलेट छन्। सिप्रदी एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो।