काठमाडौं। स्मार्टफोन ब्रान्ड रियलमीको बहुप्रतीक्षित 'रियलमी ११ प्रो सिरिज ५जी' नेपाली बजारमा उपलब्ध भएको छ। 'रियलमी ११ प्रो ५जी' र 'रियलमी ११ प्रो प्लस ५जी' गरी दुई भेरिएन्ट नेपाली बजारमा सार्वजनिक भएका हुन्।
रियलमी ११ प्रो प्लस ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागसिप क्यामेरा फोन हो, जसमा क्यामेरामात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस छ।
रियलमी ११ प्रो ५जी क्यामेराले एकदमै हाइक्वालिटी तस्बिर खिच्न सक्छ, जुन यो मूल्यका अरू स्मार्टफोनका क्यामेराले सक्दैनन्। सुपर आइओएस, सुपरनाइट स्केप, मुन मोड र स्टारी मोडसाथ रियलमी ११को क्यामराले पक्कै पनि फ्ल्यागसिप लेभलको लिप गरेको छ। सेल्फीमा ३२ एमपीको सोनी सेल्फी क्यामरा दिइएको छ भने सुपर ग्रुप पोर्ट्रेट मोड, वान टेक मोड र फ्यान फेभरेट स्ट्रिट फोटोग्राफी मोड ४.० जस्ता आकर्षक फिचरमा यसमा छन्।
रियलमी ११ सिरिजमा स्मार्टफोन इमेजिङमात्र नभएर एस्थेटिक्समा पनि व्यापक अपग्रेड गरिएको छ। सनराइज बिज, ओसिस ग्रिन र अस्ट्रल ब्ल्याकजस्ता अत्यन्तै मनमोहक र सुन्दर रबहरूमा उपलब्ध यी दुई सेटको डिजाइन गुचीका प्रिन्ट र टेक्स्टाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा गरिएको हो। जसले गर्दा समस्त विश्वभरिका युवा जमातले लक्जरी ब्रान्डको हाइ इन्ड डिजाइनमा सहज पहुँच पाएका छन्।
रियलमी ११ प्रो प्लस ५जी क्यामेरा र डिजाइनमा मात्र नभएर सबै कुरामा एक शक्तिशाली अलराउन्डर हो। ५००० एमएएचको शक्तिशाली ब्याट्री र १ सय वाटको सुपर भुक चार्जिङ सपोर्ट भएकाले ब्याटी र ब्याकअपमा पनि रियलमी ११ प्रो प्लस ५जी उत्कृष्ट रोजाइ हो। साथै, २०,००० लेभलको अटोमेटिक ब्राइटनेस एड्जस्टमेन्ट भएको १२० हर्जको कर्भ्ड भिजन डिस्प्ले र इन्डस्ट्रीकै सबैभन्दा उच्च २१६० हर्जको डिमिङ फ्रिक्वेन्सीसाथ आएको यो रियलमी ११ प्रो प्लस ५जी वास्तवमै स्मार्ट युवाका लागि स्मार्ट छनोट हो।
रियल मी ११ प्रो ५जी २१६० हर्ज पिएमडब्लु डिमिबसहितको कर्भ्ड भिजन डिस्प्ले रियलमी ११ प्रो ५जी पनि रियलमी ११ प्रो प्लस ५जीकै जस्तै प्रिमियम डिस्प्लेमा उपलब्ध छ। यसमा भएको अर्को बलियो पक्ष भनेको २१६० हर्जको पिएमडब्ल्यु डिमिबसहितको १२० हर्जको कर्भ्ड डिस्प्ले पनि हो।
यसमा पनि रियलमी ११ प्रो प्लस ५जीकै जस्तै एस्थेटिक डिजाइन छ। यसको मेन प्याटर्नलाई नै सनराइज बिज, ओसिस ग्रिन, अस्ट्रल ब्ल्याकजस्ता सुन्दर रब दिइएको छ जसले हेर्दै लक्जरियस फोनजस्तो देखिन्छ। क्यामेराको कुरा गर्नुपर्दा रियलमी ११ प्रो ५जी मा १०० एमपिको प्रोलाइट क्यामेरा छ जसले १०० एमपीकै डाइरेक्ट आउटपुट सपोर्ट गर्छ।
कम पावरमा पनि हाइ पर्फर्मेन्स गर्ने भएकाले एवं पर्याप्त स्टोरेज भएकाले रियलमी ११ प्रो वास्तवमै एउटा असली फ्ल्यागसिप स्मार्टफोन हो। डाइमेन्सिटी ७०५० फाइभजी चिपसेट राखिएको यो फोनको र्याम १२ जिबीको छ भने रोम २ सय ५६ जिबी छ। रियलमी ११ प्रो+ ५जी १२/२५६ जीबी स्टोरेज भेरिएन्टको मूल्य ६१ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।
रियलमी ११ प्रो+ ५जी सनराइज बेज र एस्ट्रल ब्ल्याक गरी दुई रङमा उपलब्ध छ। त्यस्तै रियलमी ११ प्रो ५जी ८/२५६ जीबी स्टोरेज भेरिएन्टको मूल्य ४७ हजार ९ सय ९९ रुपैयाँ छ। रियलमी ११ प्रो ५जी पनि सनराइज बेज र एस्ट्रल ब्ल्याक गरी दुई रङमा उपलब्ध छ।