काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १.३१ अंकले घटेर २ हजार १ सय ६३ दशमलव ९२ अंकमा सीमित भएको छ।
आजको कारोबारमा विभिन्न २ सय ६४ कम्पनीका ८४ लाख २४ हजार १ सय ८ कित्ता सेयर ५४ हजार ९ सय ५४ पटक खरिदबिक्री हुँदा ३ अर्ब ५ करोड २४ लाख १० हजार ६ सय ५९ रुपैयाँको कारोबार भएको छ।
यस दिनको कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ। बैंकिङ समूह १.२५, विकास बैंक १०.९६, जलविद्युत् २२.३८, उत्पादन तथा प्रशोधन ८२.०२ र व्यापार समूह १७७.६६ अंकले बढेका छन्।
साथै निर्जीवन बिमा समूह १३२.०७ र जीवन बिमा समूहको उपसूचक १२२.०६ अंकले घटेका छन्। त्यस्तै वित्त समूह १५.६९, होटल तथा पर्यटन समूह २१.४६, लगानी ०.३२, लघुवित्त २५.२९ र म्युचुअल फन्ड ०.१८ अंकले घटेका छन्।
आजको कारोबारमा विशाल बजार कम्पनी लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिटिजन्स म्युचुअल फन्ड–२ र कुमारी इक्विटी फन्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको १४ करोड २३ लाख १७ हजार ८७ रुपैयाँबराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ३ लाख ३० हजार १ सय ३५ कित्ता सेयर किनबेच भएको छ।