काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ। नेप्से परिसूचक ११.१७ अंकले बढेर २ हजार १ सय ६५ दशमलव २४ अंक कायम भएको हो।
आज २ सय ६० कम्पनीको ८६ लाख ७४ हजार १ सय ९ कित्ता सेयर ५१ हजार ४ सय ४५ पटक खरिद बिक्री हुँदा ३ अर्ब ३४ करोड ८६ लाख ७९ हजार ९ सय रुपैयाँ बराबरको कारोबार भएको छ।
आज बैंकिङ समूह २९.६६, विकास बैंक समूह ४९.१५, उत्पादन तथा प्रशोधन समूह ६६.२२, म्युचुअल फन्ड ०.०४ र व्यापार समूह १२८.७८ अंकले बढेको छ। बाँकी अरु समूहको उपसूचक भने घटेको छ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४८.७६ अंकले घटेको छ। त्यस्तै, वित्त १८.६४, होटल तथा पर्यटन ३७.६५, जलविद्युत १९.६८, लगानी ०.२६, जीवन बीमा समूह ४८.७६, लघुवित्त २०.८३, निर्जीवन बीमा १.८९ र अन्य समूह १५.११ अंकले घटेको छ।
आज बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने एनआइबिएल समृद्धि फन्ड–२ को सेयर मूल्य ९.६४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको २३ करोड ५७ लाख ४५ हजार ४ सय ५७ रुपैयाँबराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको ४ लाख ५३ हजार ९ सय सात कित्ता सेयर किनबेच भएको छ।