काठमाडौं। डर्मा कस्मेटिक्स र ट्रु सप्लिमेन्ट्रीमा विगत १२ वर्षदेखि काम गर्दै आएको ट्रु डर्मा एसएस प्रालिले ‘पार्लर रेन्ज’ मा ‘ट्रु मी’ ब्रान्डका सौन्दर्य सामग्री नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सौन्दर्यका सामग्री सार्वजनिक गरेको हो। प्रोडक्ट लन्च कार्यक्रममा कम्पनीका अध्यक्ष सुशान्त मोरार्क नायिका स्वस्तिमा खड्का र ब्रान्ड एमबेसेडर अनुस्का श्रेष्ठको उपस्थिति थियो।
कम्पनीले अमेरिकी प्रविधिमा आधारित कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पु, सेरम, वाक्स र फेसियललगायतका रेन्जमा बजारमा ल्याएको छ।
ट्रु डर्माले सेवाग्राहीको चाहनाअनुसार चम्किलो र चिल्लो कपाल होस्, कपाल नझरोस् भनेर रिसर्च एन्ड डेभलपमेन्टअन्तर्गत करिब डेढ वर्ष अध्ययन गरेर राम्रो परिणाम देखिएपछि मात्र यो उत्पादन बजारमा ल्याएको जानकारी दिएको छ।
अमेरिकी प्रविधिमा आधारित यी सौन्दर्य सामग्री उत्पादन केमिकलरहित भएकाले सेवाग्राहीका आँखा, छाला र कपाललाई कुनै असर नपार्ने बताइएको छ।
यो उपचारले कर्ली कपाललाई स्ट्रेट बनाउन मद्दत गर्ने कम्पनीको भनाइ छ। केरोटिनले कपाललाई शक्ति प्रदान गर्नुका साथै कपाल चिल्लो र चम्किलो बनाउने एक प्रकारको प्रोटिन भएको कम्पनीको दाबी छ।
केरोटिन स्वाम्पु हेयर सेरम आफैंले पनि प्रयोग गर्न सकिने भए तापनि केरोटिन उपचार प्रायः पार्लरहरूमा धेरै प्रयोग हुने गरेको छ। स्वास्थ्यका हिसाबमा पनि आफ्नो प्रडक्ट निकै फाइदाजनक रहेको कम्पनीले दाबी गरेको छ।