काठमाडौं। ‘इम्याजिन मार्केटिव लिमिटेड’ भारतको नम्बर वान वायरलेस हियरेबल ब्रान्ड बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएको छन्। बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्टवाच ल्याएको हो। यी उपकरण साउन १ देखि दराजलगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
‘स्टोन १९०’
ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरले आइपिएक्स ७ रेटिङ पाएको छ। बोक्नलाई कम्फर्ट र हलुका यो स्पिकरमा कम्पनीले ८०० एमएएच ब्याट्री समावेश गरेको छ। यसलाई फूल चार्ज गर्न डेढ घन्टा लाग्नेछ भने एकपटक चार्ज गरेपछि चार घन्टासम्म म्युजिक बजाउन सकिने कम्पनीको दाबी छ।
स्पिकरलाई कन्ट्रोल गर्न विभिन्न तीन बटन उपलब्ध गराइएको छ। जसमा दुईओटा बटनले भोलुम अप डाउन र एउटाले म्युजिक प्ले पज गर्छ। यो स्पिकरको मूल्य कम्पनीले २ हजार ६ सय ९९ रुपैयाँ तोकेको छ।
स्टोर्म कल
कम्पनीले नेपालमा सार्वजनिक गरेको अर्को प्रडक्ट हो, स्टोर्म कल स्मार्टवाच। ब्लुटुथ कलिङ सुविधा भएको यस स्मार्टवाचमा आवश्यकताअनुसार यसैमा नम्बर डायल गरी कल गर्न सकिन्छ। त्यस्तै यस फोनमा आएका तथा सामाजिक सञ्जालका नोटिफिकेसन पनि वाचबाटै हेर्न सकिन्छ।
कल हिस्ट्रीमा १० ओटासम्म फोन नम्बर सेभ भएर बस्नेछन्। यो स्मार्टबाचमा १.६९ इन्च एचडी डिस्प्ले छ भने सो डिस्पले २.५डी कर्भ्ड छ। यसमा मल्टिपल एक्टिभ स्पोर्ट मोड रहेको छ। जसलाई आफू के गरिरहेको छ त्यही मोड सेट गर्न सकिन्छ। १५० बढी वाच फेस भएको यो स्मार्टवाचको तौल ४५ ग्राम छ। यसमा ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले उल्लेख गरेको छ। त्यस्तै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ।
२२० एमएएच क्षमता ब्याट्री भएको यो स्मार्टवाचलाई साढे दुई घन्टामा फूल चार्ज गर्न सकिन्छ। एक पटकको फुल चार्जमा यो स्मार्टवाचलाई सात दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो स्मार्टवाच एन्ड्रोइड ६.० र आइओएस १३ भन्दा माथिको डिभाइसमा सपोर्ट गर्छ। कम्पनीले स्टोर्म कलको मूल्य ४ हजार ४ सय ९९ रुपैयाँ तोकेको छ।
वेभ बिट
बोटले नेपाली बजारमा वेभ बिट स्मार्टवाच पनि सार्वजनिक गरेको छ। यो फिटनेस ट्रयाकर स्मार्टवाच वाच हो। यसमा १.६९ इन्चको एचडी डिस्प्ले छ। मल्टिपल एक्टिभ स्पोर्ट मोडअन्तर्गत कम्पनीले यसमा वाकिब, रनिब, साइकिलिब, स्किपिब, ब्याटमिन्टन तथा वास्केटबल मोड राखेको छ। जसलाई आफू के गरिरहेको छ त्यही मोड सेट गर्न सकिन्छ।
१०० बढी वाच फेस भएको यो स्मार्टवाचको तौल ४५ ग्राम रहेको छ। यसमा ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले उल्लेख गरेको छ। त्यस्तै यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन सुविधा पनि दिइएको छ। २२० एमएएच क्षमता ब्याट्री भएको यो स्मार्टवाचलाई साढे दुई घन्टामा फूल चार्ज गर्न सकिन्छ।
एकपटकको फुल चार्जमा यो स्मार्टवाचलाई १५ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। यसले एन्ड्रोइड ६.० र आइओएस १३ भर्सनभन्दा माथिका डिभाइस सपोर्ट गर्ने कम्पनीले बताएको छ। वेभ बटको मूल्य ३ हजार ४ सय ९९ रुपैयाँ तोकेको छ।
दराजका आकर्षक अफर
दराजमा अहिले कमिङ सुनमा रहेका तीनवटा बोटका नयाँ प्रडक्ट; स्टोन १९० ब्लुटुथ स्पिकर र स्टोर्म कल र वेभ बिट स्मार्टवाच साउन १ बाट दराजमा सार्वजनिक हुने भएका छन्। नेपालका लागि बोटको आधिकारिक बिक्रेता टेलिटक प्रालिले सार्वजनिक गर्दै यसका लागि विशेष अफरहरू ल्याएको छ।
यसअन्तर्गत लाइभ भइसकेपछि पहिलोपटक ती प्रडक्ट खरिद गर्ने ३३ जना सेवाग्राहीलाई स्टोन १९० स्पिकर मात्र १ हजार ९ सय ९९ रुपैयाँ, वेभ बिट स्मार्टवाच मात्र २ हजार ९ सय ९९ र स्टोर्म कल स्मार्टवाच मात्र ३ हजार ९ सय ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्।
त्यस्तै सोमबार दिउसो १२ बजे दजारको लाइभ सेसनमा ‘फास्टेस्ट फिंगर फ्रस्ट’ भन्ने अफरअन्तर्गत छनोट भएका पाँच जनाले ३ हजार ४ सय ९९ पर्ने वेभ बिट स्मार्टवाच मात्र ३४ रुपैयाँमा पाउनेछन्। उक्त अफरमा सहभागी हुनका लागि १२ बजे हुने दराजको लाइभ सेसनमा सहभागी हुनुपर्ने छ।
उक्त लाइभ सेसनमा ३ हजार ४ सय ६५ को डिस्काउन्ट भौचर फ्लाश हुनेछन्। ग्राहकले उक्त भौचरको प्रयोग गरेर ३ हजार ४ सय ९९ पर्ने ‘वेभबिट’ स्मार्टवाच मात्र ३४ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।