काठमाडौं। चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले आफ्नो नयाँ स्मार्टफोन रेड्मी–१२ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले उत्कृष्ट प्रदर्शन र फिचर रहेको यो फोन नेपाली बजारमा हालै सार्वजनिक गरेको हो।
रेड्मी–१२ स्मार्टफोन ६ जीबी ¥याम तथा १२८ जीबी स्टोरेज र आठ जीबी ¥याम तथा २५६ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ। स्टोरेज भने १ टिबीसम्म थप गर्न मिल्ने कम्पनीले जनाएको छ।
१२ एनएममा निर्मित अक्टाकोर मिडिया टेक हेलियो जी ८८ प्रोसेसर रहेको रेड्मी–१२ दुई गिगाहर्जमा टुएक्स आर्म कोरटेक्स–ए५७ कोर तथा १.८ गिगाहर्जमा सिक्सएक्स आर्म कोरटेक्स–ए५५ कोरसहित उपलब्ध छ। यसको प्रोसेसर आर्ममा जी५२ जिपियु समावेश छ।
यो फोनको पछाडि भागमा तीनओटा क्यामेरा दिइएका छन्। जसमा ५० मेगापिक्सेलको मेन क्यामेरा, १२० डिग्री फिल्ड अफ भ्यू भएको आठ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा र दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा समावेश छ।
फोनमा १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने ५००० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ। ग्राहकले बक्सभित्र २२.५ वाटको फास्ट चार्जर पाउनसक्ने बताइएको छ। यसमा चार्जिङ र डेटा ट्रान्सफरका लागि युएसबी–सिपोर्ट रहेको छ। फोनमा सुरक्षाका लागि छेउतर्फ फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक फिचर समावेश छ।
एनएफसी सपोर्टसमेत रहेको रेड्मी–१२ मा दुईओटा सिम राख्न सकिन्छ। यसका लागि दिइएको हाइब्रिड स्लटमा एक टिबीसम्मको मेमोरी राख्न मिल्छ। फोनले जिएसएम, डब्लूसिडिएमए तथा एलटिईका लागि विभिन्न नेटवर्क ब्यान्ड सपोर्ट गर्छ। यसमा २.४ गिगाहर्ज र ५ गिगाहर्ज फ्रिक्वेन्सीको वाइफाई कनेक्टिभिटी, ब्लुटुथ ५.३ र हेडफोन ज्याकका साथै एफएम रेडियो पनि रहेको छ।
मिड नाइड ब्ल्याक, स्काई ब्लु र पोलार सिल्भर गरी तीनओटा रङ उपलब्ध यो फोनको मूल्य ६ जीबी+१२८ जीबी भेरियन्टका लागि १७ हजार ९ सय ९९ रुपैयाँ र ८ जीबी+२५६ जीबी भेरियन्टका लागि २० हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यी फोनहरू शुक्रबारदेखि नेपालभरिका मोबाइल स्टोर र साओमीका आधिकारिक रिटेलरमा उपलब्ध भएका छन्।