काठमाडौं। लामो समयदेखि थलिएको नेपालको अटोमोबाइल व्यवसाय बिस्तारै उकासिने क्रममा छ। नेपाल राष्ट्र बैंकले अटोमोबाइलमा लगानी नगर्न बैंकहरूलाई निर्देशन दिएको थियो। त्यसपछि थलिएको यो व्यवसाय सरकारको प्रतिबन्धपछि झनै थला पर्यो। अहिले अवस्था केही सामान्य भए पनि सवारीसाधन खरिदका लागि ऋण पाउन सहज छैन। यद्यपि, विद्युतीय सवारीसाधन (इभी) का हकमा राष्ट्र बैंक र सरकार दुवैले केही हदसम्म लचकता देखाएका छन्।
यही मध्यनजर गर्दै अटोमोबाइल आयातकर्ता कम्पनीहरू पनि आफ्नो इभी मोडेलका गाडी प्रचार प्रसारमा व्यस्त छन्। गाडी व्यवसायको अवस्था र ऋण लगानी विषयमा केन्द्रित रहेर क्यापिटल नेपालका सुधीर भण्डारीले भिजी इम्पेक्स जिडब्लुएम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टसँग गरेको कुराकानी :
ग्रेटवाल मोटर भित्रिएसँगै नेपालमा अटोमोबाइल व्यवसाय त्यति राम्रो छैन। अहिले बिक्रीको अवस्था कस्तो छ?
हामीले यो ब्रान्ड सुरु गर्दा बजारमा यस्तो स्थिति आउँछ भनेर सोचेका थिएनौं। दुर्भाग्यवश यस्तो अवस्था आयो। ग्रेटवाल मोटर्स हामीले छान्नुको कारण यो चीनको ‘टप फाइभ’ अटोमोबाइल ब्रान्ड हो। ‘एसयुभी र पिकअप म्यानुफ्याक्चर’ मा त ९/१० वर्षदेखि लिडिङ ब्रान्ड हो।
त्यस्तै यसको विश्वव्यापी उपस्थिति निकै राम्रो छ। अहिले १ सय ५० देशमा ग्रेटवाल मोटर्सका गाडीको उपस्थिति छ। चीन, थाइल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, साउथ अफ्रिका, पाकिस्तान, ब्राजिल, अस्ट्रिया, मिडिल इस्टलगायतमा यसको निकै राम्रो उपस्थिति छ। चीनबाट आउने ब्रान्डमध्ये अबको पाँच वर्षमा यो धेरै माथि जाने ब्रान्ड हो। उत्पादन नै हेर्ने हो भने पनि यसको गुणस्तर निकै राम्रो छ।
विभिन्न स्वतन्त्र संस्थाले गरेको क्र्यास टेस्टमा जिडब्लुएमका गाडीले 'फाइभ स्टार' सेफ्टी रेटिङ पाएका छन्। यस्ता प्रडक्ट नेपालमा पनि चाहिन्छ भनेर हामीले प्लान गरेका हौं।
जिडब्लुएमले न्यु इनर्जी र आइसिई इन्जिन दुवैमा काम गरिरहेको छ। यस ब्रान्डले सन् २०२५ देखि २०३० सम्म सतप्रतिशत विद्युतीय कि हाइब्रिड वा प्लग इन हाइब्रिडमा जाने योजना बनाएको छ।
उनीहरूले त्यहीअनुसार काम अघि बढाइसकेका छन्। हाल हामीले बेचिरहेको एच६ पनि हाइब्रिडमा गइसकेको छ। कम्पनीको भावी योजना राम्रो भएका कारण हामी ग्रेटवाल मोटर्ससँग जोडिएका थियौं। तर, अवस्था प्रतिकूल थियो, जुन हाम्रो हातमा थिएन।
तै पनि हामीले यो समयमा राम्रो गाडीमात्रै नभई राम्रो सेवा पनि दिनुपर्छ भन्ने उद्देश्यले सर्भिस सेन्टरलगायत भौतिक संरचना, स्पेयरपार्ट्स आदिमा मिहिनेतग गरिरहेका छौं। बजार मन्द भएकाले केही कठिनाइ त छ, तर हामी अघि बढ्दै छौं।
यसको विश्वव्यापी उपस्थिति निकै राम्रो छ। अहिले १ सय ५० देशमा ग्रेटवाल मोटर्सका गाडीको उपस्थिति छ। चीन, थाइल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, साउथ अफ्रिका, पाकिस्तान, ब्राजिल, अस्ट्रिया, मिडिल इस्टलगायतमा यसको निकै राम्रो उपस्थिति छ। चीनबाट आउने ब्रान्डमध्ये अबको पाँच वर्षमा यो धेरै माथि जाने ब्रान्ड हो। उत्पादन नै हेर्ने हो भने पनि यसको गुणस्तर निकै राम्रो छ।
हाल नेपालमा जिडब्लुएमका कुन–कुन सेग्मेन्टका गाडी उपलब्ध छन्?
हामीसँग हाल एसयुभीमा हाबल, डबल क्याप पिकअप उपलब्ध छ भने इभीमा ओरा ०३ क्रस ओभरको बुकिङ खुला गरिसकेका छौं। यसलाई अगस्ट तेस्रो साता लन्च गर्ने तयारी छ।
अहिलेको अवस्थामा जिडब्लुएमका गाडीको सेल्स र इन्क्वायरी कस्तो छ?
बैंकिङ च्यानलमा देखिएको समस्याका कारण हामीले अनुमान गरेअनुसार बिक्री त भएन। तर, शोरुममा ग्राहकको फ्लो राम्रो छ र इन्क्वायरी पनि निकै राम्रो छ।
मार्केट स्लो भएर बैंकहरूले फाइनान्स नगरे पनि अहिले हामीले ग्राहकलाई शोरुम भिजिट, इन्क्वायरी र टेस्ट ड्रइभ गर्ने सुविधा दिइरहेका छौं। कतिपयले किन्नुभएको छ। शोरुम आएर गाडी मन पराएर बैंकिङ स्थिति राम्रो भएपछि किन्ने भनेर बस्नुभएका ग्राहक पनि धेरै हुनुुहुन्छ।
जिडब्लुएमका नेपालमा उपलब्ध गाडीमध्ये ग्राहकको रुचि कुनमा अधिक पाउनुभयो?
हाम्रो सबै सेग्मेन्टका गाडीमा ग्राहकको आवश्यकताअनुसार चासो छ। विश्वव्यापीरूपमा इभी बजार बढेकाले पनि ओरा ०३ मा धेरै चासो हुने नै भयो। एसयुभी र पिकअपको इन्क्वायरी पनि निकै राम्रो छ।
अहिले ग्राहकले गाडी किन्दा गाडीमात्र नहेरी बिक्रीपछिको सेवा, डिलर सञ्जाल पनि हेर्छन्। यसमा तपाईंहरूले कत्तिको काम गरिरहनुभएको छ?
सर्भिसका लागि हामीले चाकुपाटमा करिब चार रोपनीमा अत्याधुनिक सर्भिस सेन्टर बनाएका छौं। यो सर्भिस सेन्टरले उपत्यकाको आवश्यकता धान्न सक्छ। त्यस्तै हाम्रो डिलर नेटवर्क भक्तपुर र बुटवलमा छ। हामी त्यसलाई बढाएर मुलुकका सबै मुख्य सहरमा पुर्याउदैछौं।
बैंकिङ च्यानलमा देखिएको समस्याका कारण हामीले अनुमान गरेअनुसार बिक्री त भएन। तर, शोरुममा ग्राहकको फ्लो राम्रो छ र इन्क्वायरी पनि निकै राम्रो छ। मार्केट स्लो भएर बैंकहरूले फाइनान्स नगरे पनि अहिले हामीले ग्राहकलाई शोरुम भिजिट, इन्क्वायरी र टेस्ट ड्रइभ गर्ने सुविधा दिइरहेका छौं। कतिपयले किन्नुभएको छ। शोरुम आएर गाडी मन पराएर बैंकिङ स्थिति राम्रो भएपछि किन्ने भनेर बस्नुभएका ग्राहक पनि धेरै हुनुुहुन्छ।
पहिलो चरणमा कहाँ–कहाँ बनाउनुहुन्छ?
पहिलो चरणमा पोखरा, चितवन, बिर्तामोड र विराटनगरमा बनाउने योजना छ। यी सबै ठाउँमा थ्रि-एस (सेल्स, सर्भिस, स्पेयर पार्ट्स) सुविधा नै हुन्छ। त्यसपछि हामी नेपालगन्ज, धनगढी, वीरगन्जलगायत स्थानमा सञ्जाल बढाउँदै लैजान्छौं।
भन्सार विभागको तथ्यांक हेर्दा इभी आयात तुलनात्मकरूपमा राम्रो छ। यसको प्रभाव ओरा ०३ मा पनि परेको छ?
ग्राहकको चासो इभीमा बढ्नु त हाम्रा लागि राम्रो कुरा हो। हाम्रो इभी लन्च भएको छैन र डेलिभरी पनि गरेका छैनौं। यो सेग्मेन्टका धेरै गाडी हाम्रो पाइपलाइनमा छन्। अहिले ग्राहकको चासो इभीमा बढेको कारण ओरा ०३ को इन्क्वायरी धेरै राम्रो छ।
ओरा ०३ को वारेन्टी कस्तो छ?
हाम्रा ग्राहकका लागि ओरा ०३ को हाई भोल्टेज ब्याट्री र ड्राइभ मोटरमा ८ वर्ष वा डेढ लाख किलोमिटर वारेन्टी छ भने ओभर अल गाडीमा ४ वर्ष र डेढ लाख किलोमिटर वारेन्टी दिएका छौं।
जिडब्लुएम किन्न चाहनेका लागि अहिले फाइनान्सिङ सुविधा कस्तो छ?
केही समयअघि मात्रै फाइनान्सिङका लागि हामीले नबिल बैंकसँग सम्झौता गरेर फाइनान्सिङ सुरु नै गरिसक्यौं। ३/४ वटा अरू बैंकसँग पनि कुरा भइरहेको छ। त्यसका लागि गृहकार्य गरिरहेका छौं, केही सातामा सबै व्यवस्थापन भइसक्छ। इभी किन्दा व्यक्तिलाई ८० प्रतिशत र कम्पनीलाई ७० प्रतिशत फाइनान्सिङको सुविधा छ। त्यस्तै आइसिई इन्जिनका गाडीमा व्यक्तिलाई ५० प्रतिशत र कम्पनीलाई ७० प्रतिशत फाइनान्सिङ सुविधा छ।
सरकारले आइसिई इन्जिनका गाडीलाई निरुत्साहित गरेको छ भने इभीलाई प्रोत्साहन गरिरहेको छ। यो नीतिलाई कसरी हेरिरहनुभएको छ ?
अहिले ट्रान्जिसनल फेजमा नीति स्थिर नभएका कारण समस्या परिरहेको छ। सुरुवाती चरणमा सरकारी नीति स्थिर हुनुपर्छ। घटबढ भइराख्नु व्यावहारिक हुँदैन।
जस्तै, हामी गाडी आयात गर्छाैं। आज किन्न खोजेको गाडी भोलि नै आउने होइन। त्यसको निश्चित प्रक्रिया हुन्छ। गाडी आउन तीनदेखि चार महिना लाग्छ। गाडी बुकिङ गर्दा एउटा मूल्य निर्धारण गरिएको हुन्छ। गाडी अर्डर गरेर आउँदै गर्दा नीति परिर्वतन भएर मूल्य तलमाथि हुँदा मूल्य बढेर बिक्दै नबिक्ने अवस्थामा पुग्छ र कुनै गाडीको मूल्य राम्रैसँग घट्यो भने मूल्य घट्नुभन्दा पहिले गाडी किन्ने ग्राहकमाथि अन्याय हुन्छ। सुरुवाती चरणमा सरकारले सबैको पहुँचमा पुग्ने गरी इभीलाई प्रोत्साहन गर्नुपर्छ।
आइसिई इन्जिनका गाडीलाई निरुत्साहित गर्ने सरकारको नीति ठिक छ ?
अहिले अफाेर्डेबल मूल्यका इभी आइसकेका छैनन्। किनभने ब्याट्रीको मूल्य नै महँगो छ। आइसिई इन्जिनका गाडी २५ देखि ३० लाखमा पाइन्छ। इभी अहिले पनि त्यो लेबलको सस्तो हुन सकेको छैन। अब थोरै पैसामा गाडी चढ्छु भन्नेले कुन गाडी किन्ने त? जबसम्म इन्ट्री लेभलका ग्राहकले किन्ने रेन्जमा इभी आउँदैन, आइसिई गाडीलाई बन्द गर्ने नीति लिनु हुँदैन।
हामी गाडी आयात गर्छाैं। आज किन्न खोजेको गाडी भोलि नै आउने होइन। त्यसको निश्चित प्रक्रिया हुन्छ। गाडी आउन तीनदेखि चार महिना लाग्छ। गाडी बुकिङ गर्दा एउटा मूल्य निर्धारण गरिएको हुन्छ। गाडी अर्डर गरेर आउँदै गर्दा नीति परिर्वतन भएर मूल्य तलमाथि हुँदा मूल्य बढेर बिक्दै नबिक्ने अवस्थामा पुग्छ र कुनै गाडीको मूल्य राम्रैसँग घट्यो भने मूल्य घट्नुभन्दा पहिले गाडी किन्ने ग्राहकमाथि अन्याय हुन्छ। सुरुवाती चरणमा सरकारले सबैको पहुँचमा पुग्ने गरी इभीलाई प्रोत्साहन गर्नुपर्छ।
ग्राहकले बुकिङ गरेको कति समयमा जिडब्लुएम गाडी पाउन सक्छन्?
जिडब्लुएमका आइसिई गाडी ग्राहकले तुरुन्तै पाउन सक्नुहुन्छ। ओरा ०३ भने अगस्ट तेस्रो सातासम्म पाउन सक्नुहुनेछ।
नेपालका केही दुई पांग्रे सवारीसाधन एसेम्बल भइरहेका छन् र चार पांग्रे एसेम्बल गर्ने तरखर गरिरहेका छन्। जिडब्लुएमले यसबारे सोचेको छ कि छैन?
अहिले त हामी सुरुवाती चरणमै छौं। नेपालमा केही दुई पांग्रे सवारीसाधन त एसेम्बल सुरु पनि भइसकेका छन्। तर, चार पांग्रेको कुरा गर्दा प्लान्टमा जति लगानी हुन्छ, त्यो हिसाबको हाम्रो बजार छैन।
त्यस्तै विदेशमा अत्याधुनिक प्रविधिबाट गाडी बन्ने वा एसेम्बल हुने हुन्छ। त्यो लेभलको क्वालिटी मेन्टेन गर्नका लागि लगानी गर्न हामी कत्तिको सक्षम छौं। त्यति लगानी गरेर प्लान्ट स्थापना गर्दा हाम्रो बजारले धान्दैन। कि हामीले गाडी बाहिर निर्यात गर्नुपर्यो। निर्यात गर्दा पनि हामीले बाहिरका कम्पनीले भन्दा सुपथ मूल्यमा दिन सक्नुपर्छ। यसो भन्दै गर्दा यो विषयमा सोच्नु वा सुरुवात गर्नु सकारात्मक हो।
अझै पनि नेपालमा चिनियाँ सामान भनेपछि कमसल हुन्छ भन्ने सामान्य मान्यता छ। यो मान्यता चिर्न तपाईंहरूले के गरिरहनुभएको छ?
कुनै पनि ब्रान्डप्रति विचार बनाउँदा विगतमा के भयो, ग्राहकलाई कस्तो सेवा दियो, स्थायित्व भयो कि भएन लगायतले निर्धारण गर्छ। पहिले जापानी र भारतीय गाडी तुलना गर्दा जापानी गाडी रोजाइमा पर्थ्याे तर अहिले भारतमा बनेका गाडी निकै राम्रा छन्।
मान्छे चढ्दै गएपछि अनुभव पनि हुन्छ र बिस्तारै ब्रान्डप्रति विचार परिर्वतन हुँदै जान्छ। हाम्रो प्रडक्ट विश्वस्तरीय छ। सेफ्टीमा, क्वालिटीमा कहीँ कम्प्रमाइज भएको छैन।
यी गाडी संसारका विभिन्न विकसित देशमा पनि निकै रुचाइएको छ। प्रडक्ट राम्रो भएका कारण नै यो धेरैको रोजाइमा परेको हो। हाम्रो प्रडक्टमा हामी ढुक्क छौं। ग्राहकलाई निर्धक्क बनाउनलाई नै हामीले बिक्री पछिको सेवामा ध्यान दिइरहेका हौं।