काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.६२ अंकले ओरालो लागेर २०४८.९३ मा सीमित भएको छ।
ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.९० अंकले ओरालो लागेर ३९१.२५ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य उकालो लाग्दा १० उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ।
नेप्सेका अनुसार कूल ९३ लाख ८२ हजार चार सय ४० कित्ता सेयर ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६ सय ५ मूल्यमा खरिद बिक्री भएको छ। कारोबारका आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको २३ करोड ७५ लाख ९३ हजार ३ सय ४८ मूल्यबराबरको कारोबार भएको छ।
त्यस्तै, सोल्टी होटल १७ करोढ ९२ लाख ९४ हजार ५ सय ६१, हिमालयन लाइफ इन्स्योरेन्स १६ करोड १५ लाख ९ हजार, नेपाल दूरसञ्चार कम्पनी ११ करोड ८४ लाख ४८ हजार ५ सय १४ र चिलिमे हाइड्रोपावर कम्पनी ७ करोड ५० लाख ९० हजार ९ सय ८५ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, एनएमबी बैंकको ऋणपत्र र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। एनआइबीएल समृद्धि फन्ड दोस्रो ९.९४, सिटिजन म्युचुअल फन्ड पहिलो ७.९८ र सानिमा लार्ज क्यापका लगानीकर्ताले ७.८३ प्रतिशतले कमाएका छन्।
पिपल्स हाइड्रोपावर ६.०५, हिमालयन पावर पार्टनर ५.८३, बुद्धभूमि नेपाल हाइड्रोपावर ५.८३, मनकामना स्मार्ट लघुवित्त ५.५६ र रिडी पावरका लगानीकर्ताले ५.५३ प्रतिशतले गुमाएका छन्।
आजको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख ७३ हजार एक सय २९ रुपैयाँबराबर रहेको छ।