काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.७३ अंकले ओरालो लागेर २०७२.२४ मा सीमित भएको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।२५ अंकले उकालो लागेर ३८८.८६ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ।
आजको कारोबारमा विभिन्न कम्पनीका कूल ७९ लाख ८८ हजार नौ सय ८६ कित्ता सेयर २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४ सय ९० मूल्यमा खरिद बिक्री भएका छन्। नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। कम्पनीको १२ करोड ७८ लाख १३ हजार सात सय १९ रुपैयाँ बराबरको कारोबार भएको छ।
शिवम सिमेन्ट १२ करोड ५४ लाख ३९ हजार ४ सय ९, सोल्टी होटल १० करोड ६७ लाख ६५ हजार ४ सय ८, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ६ करोड ६१ लाख ५८ हजार ९ सय ३४ र मञ्जुश्री फाइनान्स ६ करोड ५६ लाख ७ हजार ६ सय ८० रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार हिमालयन पावर पार्टनर, एनआइबीएल समृद्धि फण्ड पहिलोको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
यस्तै, सिङ्गटी हाइड्रो ५.९६, श्वेतगङ्गा हाइड्रोपावर ५.६९, मन्दाकिनी हाइड्रोपावर ५. १४, इस्टर्न हाइड्रोपावर ४.६२ र माथिल्लो हेवा खोलाको सेयर मूल्य ३.८५ प्रतिशतले घटेको छ।