काठमाडौं। साओमीले सस्तो भेरिएन्टमा मोबाइल सार्वजनिक गरेको छ। कम्पनीले रेडमी एटु र एटु प्लस बजारमा ल्याएको हो।
मोबाइलमा इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिस डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ। कम्पनीले दुवै फोनमा दुई वर्षको वारेन्टी दिएको छ।
यी फोनमा दिइएको ६.२ एचडी डट ड्रप डिस्प्लेका साथ एक विस्तृत र इमर्सिभ भीउविङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। यो डिस्प्लेले नाइट लाइटलाई पनि सपोर्ट गर्ने हुँदा प्रयोगकर्ताहरूको आँखालाई स्ट्रेस नगरी कम प्रकाशको अवस्थामा आफ्नो फोन सहजरूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
८ मेघा पिक्चल एआई डुअल क्यामेरा सेटअप रहेको यो फोनमा ५ मेघापिक्चल फ्रन्ट क्यामेरा छ।
यी फोन युनिबडी कर्भ ब्याक संयोजित स्टाइलिस फ्ल्याट फ्रेम डिजाइनका साथ आउँछ जसले भिजुअल अपिल र एर्गोनोमिक कम्फोर्ट दुवै प्राप्त गर्न सकिन्छ। रेडमी ए२ र ए२ प्लस कालो, हल्का हरियो र हल्का निलो रङमा उपलब्ध छ।
मिडिया टेक हेलियो जि३६ ओक्टा–कोर प्रोसेसरद्वारा सञ्चालित, २.२ गिगाहर्जसम्म क्लक इन हुने, रेडमी ए२ र ए२ प्लसले बेजोड प्रदर्शन र प्रतिक्रिया प्रदान गर्ने कम्पनीले जनाएको छ। २ जिबी प्लस ३२ जिबीको स्टोरेज भेरियन्टमा रेडमी एटु उपलब्ध छ भने रेड्मी एटुप्लस दुईवटा स्टोरेज भेरियन्टहरू २ जिबी प्लस ३२ जिबी र ३ जिबी प्लस ६४ जिबीमा उपलब्ध छ। यी फोनमा ५ हजार एमएएच (टाइप) ब्याट्री रहेको छ।
रेडमी ए२ २ जिबी प्लस ३२ जिबीको भेरियन्टको मूल्य १० हजार ४ सय ९९ निर्धारण गरिएको छ।
रेडमी ए२ प्लस २ जिबी प्लस ३२ जिबीका र ३ जिबी प्लस ६४ जिबी भेरिएन्टको मूल्य ११ हजार ४ सय ९९ र ११ हजार ९ सय ९९ रहेको छ।