काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.८० अंकले ओरालो लागेर २०७६.९६ मा सीमित भएको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ अंकले बढेर ३८८. ६२ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको सेयर मूल्यमा भने वृद्धि भएको छ।
विभिन्न कम्पनीका १ करोड ११ लाख ८२ हजार ३ सय ३५ कित्ता सेयर ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५ सय ८३ मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ। सो कम्पनीको ३३ करोड १२ लाख ९० हजार नौ सय १२ मूल्यमा कारोबार भएको छ।
आजको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स २४ करोड ९१ लाख ८६ हजार ९ सय ९२, प्राइम बैंक २४ करोड ८९ लाख ५० हजार ५ सय, शिवम सिमेन्ट १५ करोड ५१ लाख ५३ हजार ६ सय १८ र सिटी होटल ९ करोड १ लाख ६२ हजार ७ सय ६२ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार रावा इनर्जी कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। साथै गुह्यश्वरी मर्चेन्टको सेयर मूल्य ७.२३, श्वेतगङ्गा हाइड्रोपावरको सेयर मूल्य ६.७९ प्रतिशत र अरुण काबेली पावरको सेयर मूल्य ६.५४ प्रतिशतले बढेको छ। नेप्सेका अनुसार नेपाल फाइनान्सको सेयर मूल्य ६.३६ प्रतिशतले बढेको छ।
आजको कारोबारमा हिमालयन हाइड्रोपावरको सेयर मूल्य ६.३४, सिटी होटलको ६.२६, सिद्धार्थ इक्विटी फण्ड ५.८०, सुपर मादी हाइड्रोपावर ५.०७ र बलेफी हाइड्रोपावरको सेयर मूल्य ४.७६ प्रतिशतले घटेको छ।