काठमाडौं। २५औं एसियन यथलेटिक्स च्याम्पियनसिपमा सहभागी खेलाडीलाई शिवम सिमेन्ट लिमिटेडले प्रायोजन गर्ने भएको छ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेल (क्रिकेट, भलिवल, फुटबल, म्याराथुन) मा प्रायोजको रूपमा सहभागी भइसकेको शिवम सिमेन्ट लिमिटेड असार २७ गतेदेखि साउन १ सम्म थाइल्यान्ड पटैयामा सञ्चालन हुन लागको च्याम्पियनसिपमा पनि प्रायोजन गर्न लागेको हो।
यसका लागि नेपाल एथलेटिक्स एसोसियसनका तार्फबाट सचिव आरके विष्ट र शिवम् सिमेन्टका तर्फबाट सेल्स एन्ड मार्केटिङका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका थिए।
एसियन यथलेटिक्स च्याम्पियनसिपको २५औं संस्करणका लागि नेपालबाट विभिन्न विधामा सहभागिता जनाउनका लागि आयुष कुँवर, शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेश बहादुर पल, सोम बहादुर कुमाल र दीपक अधिकारी गरी ७ जना खेलाडीले सहभागि जनाउन लागेका छन्।
‘शिवम सिमेन्ट आफैंमा हाई स्ट्रेन्थ कायम राख्ने ओपिसी सिमेन्ट हो। हामीले हाम्रो स्ट्रेन्थलाई अन्तराष्ट्रिय म्याराथन हाई स्ट्रेन्थको खेलसँग समन्वय गर्न पाउँदा खेलकुद क्षेत्र र हामीलाई थप हौसला मिलेको छ,’ शिवम सिमेन्टका भाइस प्रेसिडेन्ट अग्रवालले बताए।
ओपिसी सिमेन्टमात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ।
शिवम नेपाली सिमेन्ट जगतमै पहिलोपटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो।