एजेन्सी। अमेरिकी डलरलाई सामान्यतया विश्वको सबैभन्दा शक्तिशाली मुद्रा मानिन्छ। अमेरिकी डलर विश्वव्यापारमा सबैभन्दा बढी प्रयोग हुने मुद्रा हो। कूल व्यापारमा झन्डै ८० प्रतिशत कारोबार डलरबाट हुने गरेको छ। तर, अचम्म के छ भने विश्वको सबैभन्दा बढी कारोबार हुने डलर कुवेतको मुद्रा ‘दिनार’ भन्दा धेरै तल छ।
डलरभन्दा अन्य धेरै देशका मुद्रा धेरै बलिया छन् किनभने तिनीहरू डलरभन्दा बढी मूल्यवान छन्। उदाहरणका लागि बेलायती पाउन्डसँग अमेरिकी डलर किनिन्छ भने नतिजाका रूपमा एक मुद्रा सधैं अर्को मुद्रा सापेक्ष मूल्य हुन्छ। यसलाई मूल्य विनिमय दर भनिन्छ।
धेरैजसो मुद्रा ‘फ्लोटिङ’ हुन्, जसको अर्थ माग र आपूर्तिमा निर्भर गर्दै तिनीहरूको मूल्य उतारचढाव हुन्छ। तै पनि, केही मुद्रा ‘पेग्ड’ हुन्छन् जसको अर्थ अन्य मुद्रासँग सापेक्ष तिनीहरूको मूल्यजस्तै डलर सहमत दरमा तय गरिएको हुन्छ।
विनिमय दरले विदेशी मुद्रामा वस्तु र सेवाको मूल्यलाई असर गर्छ, जब डलर बेलायती पाउन्डविरुद्ध बलियो हुन्छ। अमेरिकीले आफ्ना डलरका लागि थप पाउन्ड प्राप्त गर्न सक्छन्। तर, बेलायतका मानिसलाई अमेरिका भ्रमण गर्न यो महँगो हुन्छ। किनभने, पाउन्डले विदेशी मुद्रा विनिमयमा कम डलर किन्न सक्छ।
यी हुन् शीर्ष बलिया मुद्रा
हामीले प्रत्येक मुद्राको एक एकाई किन्न आवश्यक डलरको मात्रामा आधारित, बलियो मुद्रा निर्धारण गरेका छौं। विनिमय दर लेख्ने समयमा ओपन एक्सचेन्जबाट डेटामा आधारित हाम्रो मुद्रा रूपान्तरणबाट प्राप्त गरिन्छ। सबैभन्दा बलियो मुद्रा कुवेती दिनार हुँदा इरानी रियाल विश्वकै कमजोर मुद्रा भएको छ।
१. कुवेती दिनार
कुवेतको मुद्रा दिनार संसारको सबैभन्दा बलियो मुद्रा हो। १ दिनारले ३.२६ अमेरिकी डलर खरिद गर्छ। पर्सियन खाडीमा रहेको कुवेतको छिमेकी इरानको रियाल विश्वकै कमजोर छ। कुवेत साउदी अरब र इराकको बीचमा पर्सियन खाडीमा अवस्थित छ। यसले तेलको प्रमुख विश्वव्यापी निर्यातकर्ताका रूपमा धेरै सम्पत्ति कमाउँछ। कुवेती दिनार सन् १९६० देखि चलनचल्तीमा छ।
२. बहराइनी दिनार
बहराइनको मुद्रा दिनार विश्वको दोस्रो बलियो मुद्रा हो। १ दिनारले २.६५ डलर किन्छ। बहराइन साउदी अरबको पूर्वीतटमा पर्सियन खाडीमा रहेको एउटा टापु देश हो। कुवेतजस्तै बहराइनले तेल र ग्यास निर्यातबाट धेरै पैसा कमाउँछ। बहराइनी दिनार सन् १९६५ मा चलनमा आएपछि डलरमा पेग गरिएको हो।
३. ओमानी रियाल
ओमानको मुद्रा रियाल विश्वको तेस्रो बलियो मुद्रा हो। १ रियालले २.६० डलर किन्छ। ओमान संयुक्त अरब इमिरेट्स र यमनको बीचमा अरबी प्रायद्वीपको पूर्वी छेउमा अवस्थित छ। यसको धनी छिमेकीहरू जस्तै ओमान तेल र ग्यासको प्रमुख निर्यातक मुलुक हो। ओमानी रियाल १९७० मा चलनमा ल्याइएपछि डलरमा पेग गरिएको थियो।
४. जोर्डनी दिनार
जोर्डनको मुद्रा दिनार विश्वको चौथो सबैभन्दा बलियो मुद्रा हो। १ दिनारले १.४१ डलर किन्छ। जोर्डन मध्यपूर्वको भूपरिवेष्ठित देश हो, जुन यस क्षेत्रका अन्य राष्ट्रका तुलनामा तेल र ग्यास निर्यातमा कम निर्भर छ। यसले सुस्त आर्थिक वृद्धि र बढ्दो ऋणसँग संघर्ष गरेको छ। जोर्डनी दिनार १९५० मा प्रचलनमा आएपछि डलरमा पेग गरिएको थियो।
५. बेलायती पाउन्ड
बेलायतको मुद्रा पाउन्ड विश्वको पाँचौं बलियो मुद्रा बनेको छ। १ पाउन्डले १.२२ डलर खरिद गर्छ। विश्व बैंकका अनुसार कूल गार्हस्थ उत्पादन (जिडिपी) का आधारमा बेलायतको अर्थतन्त्र विश्वको छैठौं ठूलो हो। पाउन्ड पहिलोपटक सन् १४०० मा प्रचलनमा आएको थियो। यो मुद्रा ‘फ्रि फ्लोटिङ’ छ।
६. केम्यान आइल्यान्ड डलर
केम्यान डलर विश्वको सबैभन्दा बलियो मुद्रामध्ये छैठौंमा छ। १ केम्यान डलरले १.२० डलर किनेको छ। केम्यान क्यारिबियन क्षेत्रको एक बेलायती टापु हो र एक वित्तीय केन्द्र पनि हो। केम्यान डलर पहिलोपटक १९७० मा चलनमा ल्याइएको थियो।
७. टाई जिब्राल्टर पाउन्ड
जिब्राल्टर पाउन्डले १.२२ डलर खरिद गरेर विश्वको सबैभन्दा बलियो मुद्रामध्ये सातौं स्थानमा छ। जिब्राल्टर स्पेनको दक्षिणी छेउ रहेको २.६ वर्गमाइल क्षेत्रफल ओगटेको देश हो। आधिकारिकरूपमा यो बेलायती क्षेत्र हो। जिब्राल्टर पाउन्ड पहिलोपटक १९२० मा चलनमा आएपछि र बेलायती पाउन्डमा पेग गरिएको थियो।
८. टाई स्विस फ्र्यांक
स्विस फ्र्यांक विश्वको सबैभन्दा बलियो मुद्रामध्ये आठौं स्थानमा छ। १ फ्र्यांकले १.०८ डलर किन्छ। स्विस फ्र्यांक स्विजरल्यान्ड र यसको सानो छिमेकी लिकटेनस्टाइनको आधिकारिक कानुनी टेन्डर हो। यो मुद्रालाई स्विजरल्यान्डको राजनीतिक स्थिरताका कारण सुरक्षित स्थानका रूपमा हेरिन्छ। स्विस फ्र्यांक १८५० मा चलनमा ल्याइएको थियो र पछि फ्रि फ्लोटमा जानुअघि युरोमा पेग गरिएको थियो।
९. युरो
१ युरोबराबर १.०८ डलर छ। विश्वको सबैभन्दा बलियो मुद्राबीचमा युरो नवौं स्थानमा छ। युरो युरोपेली युनियन (इयु) गठन गर्ने २७ देशमध्ये २० को आधिकारिक मुद्रा हो। युरो सिक्का र नोट २००० मा चलनमा ल्याइएको थियो। यो फ्रि फ्लोटिङ छ।
१०. अमेरिकी डलर
अमेरिकी डलर विश्वको १०औं सबैभन्दा बलियो मुद्रा हो। यो १७०० मा सिर्जना गरिएको थियो। अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो। डलर सजिलैसँग विश्वव्यापीरूपमा सबैभन्दा बढी व्यापार हुने मुद्रा हो। डलर विश्वको सबैभन्दा ठूलो रिजर्भ (केन्द्रीय बैंकहरूले सबैभन्दा बढी राखेको) मुद्रा हो।
तेल, सुन र तामालगायत धेरै वस्तुको मूल्य निर्धारण गर्न प्रयोग गरिने मुद्रा अमेरिकी डलर हो। यस्तै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन, तेस्रो जापान र पाँचौ भारतको मुद्रा डलरभन्दा कमजोर देखिएका छन्।
(फोब्र्सको सहयोगमा)