बीबीसी। भर्खरै सार्वजनिक भएको बहुचर्चित एप थ्रेड्स का सम्बन्धमा ट्विटरले फेसबुकको माउकम्पनी मेटाविरुद्ध कानुनी उपचार खोज्ने विषयमा विचार गरिरहेको छ।
ट्विटरसँग बुधवारदेखि सञ्चालनमा आएको थ्रेड्स मिल्दोजुल्दो छ र मेटा सञ्चालकहरूले आफ्नो एपलाई मैत्रीपूर्ण विकल्पू भन्दै प्रतिस्पर्धा गर्ने उद्घोष गरेका छन्।
ट्विटरका प्रमुख इलोन मस्कले प्रतिस्पर्धा उचित भएको तर छलछाम उचित नभएकोू बताएका छन्।तर, मेटाले एउटा कानुनी पत्रमा ट्विटरका पूर्वकर्मचारीहरूले थ्रेड्स बनाउन सहयोग गरेका थिए भन्ने दाबीलाई अस्वीकार गरेको छ।
मेटाका अनुसार ३ करोडभन्दा बढी मानिसले थ्रेड्स प्रयोग गर्न थालिसकेका छन्।थ्रेड्सको स्वरूप र त्यो चलाउँदा हुने अनुभूति ट्विटरको जस्तै रहेको बीबीसी न्यूजका प्रविधि संवाददाता जेम्स क्लेटनले बताएका छन्।
उनले ‘न्यूजफीड’ र ‘रिपोस्टिङ’ जस्ता फीचर अविश्वसनीय रूपमा ट्विटरको जस्तै रहेको जनाए।मेटाविरुद्ध ट्विटरले कानुनी कदम चाल्नेबारे समाचार संस्था सेमाफोरले पहिलो पटक समाचार प्रकाशित गरेको थियो।
त्यसमा उल्लेख भएअनुसार ट्विटरका वकिल एलेक्स स्पिरोले मेटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जकर्बर्गलाई बुधवार एउटा पत्र पठाउँदै “ट्विटरको व्यापारसम्बन्धी गोप्य कुरा र अन्य बौद्धिक सम्पत्ति व्यवस्थित, जानाजान र गैरकानुनी रूपमा दुरुपयोग” गरेको आरोप लगाएका छन्।
विशेषगरी स्पिरोले मेटाले ट्विटरका दर्जनौँ पूर्वकर्मचारीलाई काममा राखेको र त्यसले ट्विटरको व्यापारसम्बन्धी गोप्य कुरा र अन्य अतिगोप्य जानकारीमा पहुँच राखेको हुँदा त्यसले अन्ततः मेटालाई ट्विटरको प्रतिरूप थ्रेड्स एप विकास गर्न सहयोग पुगेको आरोप लगाएका छन्।
ट्विटर आफ्नो बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारलाई कडाइका साथ लागु गर्न चाहन्छ र मेटालाई ट्विटरका कुनै पनि व्यापारसम्बन्धी गोप्य कुरा वा अन्य अत्यधिक गोप्य जानकारी प्रयोग गर्न रोक्नको लागि तत्काल कदम चाल्न आग्रह गर्दछ, पत्रमा भनिएको छ।
ट्विटरसँग थप सूचनाबिनै देवानी उपचार र निषेधात्मक राहत दुवै खोज्नेसहित सबै अधिकारहरू सुरक्षित छन् र ती त्यतिमै सीमित छैनन्।उक्त पत्रको प्रतिलिपि हेरेपछि बीबीसीले टिप्पणीका लागि मेटा र ट्विटर दुवैलाई सम्पर्क गरेको थियो।
उक्त पत्रलाई उल्लेख गरिएको ट्वीटप्रति प्रतिक्रिया दिँदै ट्विटरका प्रमुख मस्कले प्रतिस्पर्धा उचित भएको तर छलछाम उचित नभएको बताएका छन्।
थ्रेड्सका तर्फबाट मेटाका प्रवक्ता एन्डी स्टोनले थ्रेड्समै पोस्ट गर्दै थ्रेड्स इन्जिनियरिङ टोलीमा रहेका कोही पनि ट्विटरका पूर्वकर्मचारी होइनन्, त्यो हुँदै होइनू भनेका छन्।
मस्क र जकरबर्ग दुवैले थ्रेड्समा प्रतिस्पर्धालाई स्वीकार गरेका छन्। थ्रेड्स इन्स्टाग्रामसँग जोडिएको छ। तर त्यसले भिन्नै एपका रूपमा काम गर्छ।
थ्रेड्स १०० देशहरूमा सुरु भएको बेला जकरबर्गले ११ वर्षभन्दा बढीको मौनता भङ्ग गर्दै ट्विटरमा दुई जना लगभग उस्तै ‘स्पाइडर(म्यान’ले एकअर्कालाई औँल्याउँदै गरेको लोकप्रिय मीम पोस्ट गरेका छन्। त्यसले उनीहरूबीचको कडा प्रतिस्पर्धालाई दर्साउँछ।
ट्विटरमा थ्रेड्स शब्द विश्वव्यापी ट्रेन्डिङमा परेपछि मस्कले भनेका छन्, दुःख लुकाउने इन्स्टाग्रामको मिथ्या सन्तुष्टिमा भुल्नुभन्दा ट्विटरमा अपरिचितहरूको आक्रमणमा पर्नु निकै राम्रो कुरा हो। ट्विटरले प्रत्येक महिना २६ करोड जनाले आफ्नो एप प्रयोग गर्ने जनाएको छ।
ट्विटरकी सिइओ लिन्डा याकारिनोले बिहीवार एउटा ट्वीट गर्दै ट्विटरको प्रायः नक्कल गरिने भए पनि तर कहिल्यै नक्कल हुन नसक्ने बताएको टिप्पणी गरेकी छन्।
मेटा र ट्विटर दुवैले यो वर्ष व्यापक रूपमा कर्मचारी कटौतीको घोषणा गरेका छन्।
मेटाले गत अप्रिलमा १० कर्मचारी कटौती गर्ने बताएको थियो। गत वर्ष अक्टोबरमा मस्कले ट्विटर प्रमुखका रूपमा पदभार ग्रहण गरेपछि ट्विटरले ७ हजार ५ सय कर्मचारीमध्ये ८० प्रतिशत हटायो।