काठमाडौं। बुढीगण्डकी हाईड्रोपावर प्रालिद्वारा प्रवर्द्धन गर्न लागिएको ४.६ मेगावाटको सुपर माछाखोला जलविद्युत आयोजना विद्युत खरिद सम्झौता भएको छ। पिपिए भएपछि आयोजनालाई लगानी जुटाउन बाटो खुलेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुगमन तथा सुपरिवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके र विकासकर्ता कम्पनीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले पिपिएमा हस्ताक्षर गरेका छन्।
आयोजना गोरखा जिल्ला धार्चे गाउपालिकामा निर्माण गर्न लागिएको हो। गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसिका सचिव खगेन्द्र न्यौपानेको लगानी रहेको छ।
महासचिव कृष्ण घिमिरे, सरोज धिताल, राजकुमार गुरूङ र इन्द्र बहादुर ढकालको लगानी रहेको छ। यही टिमले यसअघि सोही खोलामा विकास हाइड्रोपावर लिमिटेडमार्फत ४.६ मेगावाटको माछाखोला आयोजना सम्पन्न भएको छ।
विकास हाइड्रोपावरलाई सफलतापूर्वक सम्पन्न गरेपछि देशलाई योगदान गर्न सुपर माछाखोला आयोजना सुरु गर्न लागेको अध्यक्ष न्यौपानेले बताए। उनी मलेसियाका सफल व्यवसायी हुन्।
यस्तै अर्का सञ्चालक कृष्ण घिमिरेले विकास हाइड्रोलाई जस्तै यो आयोजनालाई माया गरिदिन सबैलाई आग्रह गरे। घिमिरेले आफूहरूले छिट्टै अर्को हाइड्रोपावर बनाउन सुरु गर्ने बताए। सुपर माछाखोलालाई वित्तीय व्यवस्थापन गर्न चाँडै नै निर्माण कार्य सुरु गरी ३ वर्षमा सक्ने लक्ष्य राखिएको अर्का सञ्चालक सरोज धितालले बताए।
यस आयोजना बनाउन देश विदेशमा रहेका नेपालीले साथ दिएको र चुस्त टिम भएकै कारण समयमा आयोजना सम्पन गर्न सकेको उनले बताए। निकट भविष्यमा १५ मेगावाटभन्दा ठूला आयोजना बनाउने गरी तयारी भइरहेको अष्ट्रेलियाका व्यवसायी जोन घलेले बताए।