काठमाडौं। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडिसिएलले निजी क्षेत्रका जलविद्युत आयोजनालाई सस्तो ब्याजमा कर्जा दिने भएको छ।
एचआईडिसिएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनप्रसाद गौतमले कम्पनीले अब निजी क्षेत्रले विकास गर्ने जलविद्युत आयोजनामा स्वँपूजी र ऋण दुबै लगानी गर्ने बताए।
स्वतन्त्र ऊर्जा ऊत्पादकहरुको संस्था, नेपाल (इप्पान) को नव निर्वाचित कार्यसमितिलाई एचआइडिसिएलमा स्वागत गर्दै सिइओ गौतमले एचआइडिसीएलले अब ऊर्जा लक्षित पूर्वाधार बैंक बन्ने गरी अघि बढेको र त्यसका लागि कम्पनीको पूँजी २५ अर्ब मात्र भए पनि वित्तीय लिभरेज उपयोग गरेर १ खर्ब ५० अर्ब रुपैयाँसम्म लगानी सक्ने अवस्थामा रहेको बताए।
इप्पानले उठाएको लगानीको अभावको अवस्थामा सहजीकरण गर्ने विषय एचआइडिसिएलको साझा मुद्दा भएको भन्दै इप्पानसँग मिलेर अघि बढ्ने गौतमको भनाइ थियो।
विगतमा जस्तो कम्पनीले अब जलविद्युत आयोजनाको लाइसेन्स लिँदैन। देशलाई समृद्ध बनाउने ऊर्जा क्षेत्रमा देखिएको वित्तीय लगानीको खाडल पूरा गर्न विदेशबाट ग्रीन फण्ड, पेन्सन फण्ड जस्ता सस्तो फण्ड ल्यएर जलविद्युतमा ऋण र स्वपुँजी दुवैमा लगानी गर्छौ। गौतमले भने।
विदेशबाट ग्रीन बण्ड ल्याएर वा नेपालमै पनि बण्ड जारी गरेर जलविद्युत आयोजनालाई ुसफ्ट लोनु उपलब्ध गराउन एचआइडिसिएल अघि बढेको उनको भनाइ थियो।
लगानी कम्पनीको रुपमा दर्ता भएपनि अब एचआइडिसिएल बैंक तथा वित्तीय संस्थामा रुपान्तरण भइसकेकोले यसको काम सस्तो दरमा ऋण ल्याउने र जलविद्युत केन्द्रित भएर लगानी गर्ने नै हो गौतमले भने।
इप्पान अध्यक्ष गणेश कार्कीले ७ ८ प्रतिशत ब्याजदरमा वित्तीय व्यवस्थापन गरेका आयोजनाको बैंकको ब्याजदर १४ १५ प्रतिशतसम्म पुगेको भन्दै एचआइडिसिएलले निजी क्षेत्रका आयोजनामा गरिएको लगानीको ब्याजदरमा स्थिरता कामय गरिदिए धेरै राम्रो हुने बताए।
निजी क्षेत्रले विश्व बैंक, विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) एसियाली विकास बैंक (एडिबी) लगायतका संस्थाबाट ऋण ल्याउन २ ३ वर्ष लामो समय लाग्ने भन्दै अध्यक्ष कार्कीले त्यस्ता संस्थाबाट सस्तो दरमा एचआइडिसिएलले फण्ड ल्याएर निजी क्षेत्रमा लगानी गर्नतर्फ केन्द्रीत हुन आग्रह गरे।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बाहिरबाट सफ्ट लोन ल्याएर नेपालको जलविद्युतमा लगानी गर्ने वातावरण बन्यो भने नेपालको समृद्धिको लागि त्यो महत्त्वपूर्ण हुने बताए।
इप्पानका उपमहासचिव प्रकाश दुलालले जलविद्युतमा ब्याजदर स्थिरता कायम गर्न विदेबाट सस्तो दरमा पैसा ल्याएर नेपाली जलविद्युत उध्यमीले लिएको ऋणको सहुलियतपूर्ण कामगर्न एचआइडिसिएल स्थापना गर्ने माग नै निजी जलविद्युत् उद्यमीको भएको भए पनि विगतमा कम्पनीले आफै आयोजना बनाउनेतर्फ लाग्दा बरालिँदा सोचेजस्तो नभएको भएको अहिले स्विकार्दै अब आफुले आयोजना नबनाई अरुका आयोजना लगानी गर्नेतर्फ केन्द्रीत भएकोमा धन्यवाद दिए।
उनले आगामी दिनमा एचआइडिसिएल सरकारी तथा अर्धसरकारी आयोजनामा मात्र केन्द्रित नहुन आग्रह गर्दै सरकारी वा अर्धसरकारी कम्पनी कम्पनीले विकास गरेका आयोजनामा भन्दा निजीक्षेत्रमा केन्द्रीत हुन आग्रह गरे। सरकार वा सरकार संलग्न कम्पनीले बनाएका आयोजना निजी क्षेका भन्दा महँगो भएको यस वर्षको महालेखा परिक्षकको प्रतिवेदनको यथार्थलाई मनन् गर्दै
निजी क्षेत्रलाई फोकस गरेर लगानी गर्दा कम्पनीको नाफामा पनि सुधार हुने दुलालले बताएका थिए।
इप्पानका कार्यमसिति उपाध्यक्ष उत्तम बलोन लामाले एचआइडिसिएल २० आयोजनमा ऋण तथा स्वपूँजी लगानी गर्दा पनि १२ अर्ब रुपैइाँ भन्दा बढी लगानी नदेखिएकोले बाँकी रकम बैंकमा राखेर ब्याज खानुभन्दा निजी क्षेत्रका आयोजनालाई सस्तो दरमा तत्काल कर्जा दिन आग्रह गरे। उनले निजी क्षेत्रले सहजै ऋण तथा स्वपुँजी पाउने खालको प्रकृयाको सहजिकररण गर्न समेत उनले आग्रह गरेका थिए।