काठमाडौं। बजाजको नेपालका लागि आधिकारिक विक्रेता गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ पल्सर 'एनएस २००' र 'एनएस १६०' सार्वजनिक गरेको छ। यी दुवै मोडेलले नेपाली राइडरको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने कम्पनीले जनाएको छ।
पल्सर एनएस २०० युएसडी अर्थात अपसाइड डाउन
नयाँ पल्सर एनएस २०० युएसडीमा १९९.५ सिसीको लिक्विडकुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहित अत्याधुनिक बिएस६ इन्जिन छ। यसले ९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएम टर्क जेनेरेट गर्छ।
पल्सर एनएस २०० युएसडीले आकर्षक डिजाइनसाथ नयाँ फिचर र कार्यक्षमता एकसाथ ल्याएको छ। यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटिक ह्यान्डलिङ प्रदान गर्ने कम्पनीको भनाइ छ।
पल्सर एनएस १६० युएसडी अर्थात अपसाइड डाउन
पावर–प्याक्ड र रमाइलो बजाज पल्सर एनएस १६० युएसडी एक गतिशील बाइक हो, जुन राइडरको सवारी अनुभव निखार्न र उनीहरूको नयाँ-नयाँ ठाउँ एक्स्प्लोर गर्ने चाहनालाई मुर्तरूप दिन डिजाइन गरिएको कम्पनीको भनाइ छ।
पल्सर एनएस १६० युएसडीमा १६०.३ सिसीको आयलकुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहित बिएस६ इन्जिन छ। यसले ९००० आरपिएममा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपिमा १४.६ एनएमको टर्क जेनेरेट गर्छ। यो पावर हाउसले रोमाञ्चक गति र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ। आकर्षक डिजाइन र स्टाइलिस फिचरसाथ पल्सर एनएस १६० युएसडीले सबैको ध्यान आकर्षित गर्छ। साहसिक पल्सर एनएस १६० युएसडीको उत्कृष्ट ह्यान्डलिङ र गतिशीलतासँग कुनै सीमा नरहने कम्पनीको भनाइ छ।
राम्रो नियन्त्रण र सुरक्षा मध्यनजर गर्दै डिजाइन गरिएका यी दुवै पल्सरमा अगाडि ३ सय एमएमको डिस्क ब्रेक र पछाडि २ सय ३० एमएमको डिस्क ब्रेक छ, जसले गर्दा राइडरले निश्चित स्टपिङ पावर र भरपर्दो नियन्त्रणसाथ जस्तोसुकै सडकमा पनि निर्धक्क भई चलाउन सक्छन्। यी दुबै बाइकमा राइडर्स सेफ्टीलाई पहिलो प्राथमिकता राख्दै बजाजले डुअल च्यानल एबिएस प्रणाली अपनाएको छ, जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्छ।
दुवैमा भएको ३३ एमएम अपसाइड डाउन फ्रन्ट सस्पेन्सन र क्यानिस्टरसहितको रियर नाइट्रक्स मोनोसक सस्पेन्सनको संयोजनमा राइडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजा लिन सक्नेछन्।
यसमा रहेको न्यु स्पोर्टी ग्राफिक्सको स्लिक लाइनले राइडरलाई भीडबाट अलग बनाउँछ। यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्छ। यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथै ट्यांकीमा बाँकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ भन्ने देखाउँछ।
अगाडि १००-८०-१७ र पछाडि १३०-७०-१७ एमएमको उत्कृष्ट ग्रिपले सुसज्जित ट्युबलेस टायरले यी पल्सर एनएसलाइ उच्च पकड र स्थिरता प्रदान गर्नुका साथै राइडरलाई प्रत्येक मोड र चालमा आत्मविश्वास प्रदान गर्ने कम्पनीको भनाइ छ।
पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः ४ लाख २४ हजार ९ सय र ३ लाख ८४ हजार ९ सय रुपैयाँमा उपलब्ध छन्।