काठमाडौं। सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतीक्षित ११ प्रो सिरिज ५जी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ।
रियलमी ११ प्रो सिरिज ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागिसप क्यामेरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेका लागि एउटा नयाँ स्तर निर्धारण गरिदिएको छ।
याे फाेनको क्यामेरामात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस छ। प्रसिद्ध ब्रान्ड गुच्चीका पूर्वप्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जीको डिजाइन गरिएको हो।
उत्कृष्ट लिची लेदर ब्याक र सुन्दर लेसले वरिपरि घेरिएको यसको क्यामेराले आँखालाई लोभ्याउँछ। फेसनका लागि प्रसिद्ध मिलानको शैलीबाट प्रेरित यो डिजाइनले प्राचिन वास्तुकलामा सूर्यको किरण पर्दा आउने सुनौलो चमकलाई प्रतिनिधित्व गर्दछ।
१०० एमपीको क्यामेरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभुक चार्जरको साथ रियलमी ११ प्रो ५जी एक अलराउन्डरका रूपमा आएको छ। २०, ००० लेभलकोअटोमेटेड ब्राइटनेस एडजस्टमेन्ट भएको यो फोनमा १२० हर्जको कर्भ भिजन डिस्प्ले पनि रहेको छ। त्यस्तै यसमा भएको २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी यो सेग्मेन्टको सबैभन्दा उच्च डिमिङ फ्रिक्वेन्सी हो।
रियलमी ११ प्रो ५जीः प्रिमियम २१६० हर्ज पिडब्लुएम डिमिङ विथ कर्भ भिजन डिस्प्ले
रियलमी ११ प्रो ५जीको प्रिमियम डिस्प्ले सेटअप रियलमी ११ प्रो+ ५जीको जस्तै छ। यसको १२० हर्जको कर्भ भिजन डिस्प्लेमा विश्वकै पहिलो २१६० हर्जको पल्स विड्थ मोडुलेसन डिमिङ छ। साथै यसमा २०,००० लेभलको अटोमेटिक ब्राइटनेस एडजस्टमेन्ट, सनलाइट स्क्रिन र टियुभी रेनल्यान्डजस्ता फिचर छन्। यी फिचरले प्रयोगकर्तालाई माेबाइल चलाउँदा सहज हुनुका साथै आँखामा पनि आराम दिन्छन्, जसले गर्दा यो फोनले दुईवटा विशिष्ट आई प्रोटेक्सन पुरस्कार पनि पाएको छ।
कम पावर खपत र पर्याप्त स्टोरेजले रियलमी ११ प्रो ५जीमा डाइमेन्सिटी ७०५० ५जी प्रोसेसर, १२ जिबी र्याम, र २५६ जिबीको इन्टर्नल स्टोरेज छ। ६७ वाटसुपरभुक चार्ज, ५००० एमएएच ब्याट्री, रियलमी युआई ४.० र डल्बी पानोरमा डुअल स्पिकरले फोनको युजर एक्स्पिरियन्स अझै निखारेका छन्। रियलमी ११ प्रो ५जी सनराइज बेज, ओएसिस ग्रिन, र एस्ट्रल ब्ल्याकजस्ता तीन रङमा उपलब्ध छ।
१०० एमपी डिरेक्ट आउटपुट, २ एक्स लसलेस जुम, अटो–जुम मोड, सुपर नाइटस्केप मोड, र स्ट्रिट फोटोग्राफी मोड ४.० जस्ता फिचरले रियलमी ११ प्रोलाई उत्कृष्ट बनाएकाे कम्पनीकाे भनाइ छ।