एजेन्सी। निधन भएको लगभग एक वर्षपछि पनि भारतका ‘वारेन बफेट’ (बिग बुल) भनेर चिनिने राकेश झुनझुनवालाको विरासत जीवितै छ।
बाँचिरहेका भए झुनझुनवाला आज ६३ वर्षका हुने थिए। सन् १९६० जुलाई ५ मा जन्मिएका उनी ६२ वर्षको उमेरमा गत वर्ष अगस्ट १४ मा संसारबाट बिदा भए। झुनझुनवालाले आफ्नो र उनकी श्रीमती रेखाको नाममा विभिन्न क्षेत्रका कम्पनीमा अर्बौं भारु लगानी गरेका थिए।
उनले आफ्नो निजी स्वामित्वको लगानी सल्लाहकार र सम्पत्ति व्यवस्थापन फर्म रेयर इन्टरप्राइजेजमार्फत पनि लगानी गरे। उनको मृत्युपछि रेखा झुनझुनवालाले पोर्टफोलियो विरासतमा पाइन्।
पछिल्लो एक वर्षमा झुनझुनवालाको पोर्टफोलियो निकै बढेको छ। ट्रेडलाइन डेटाअनुसार उनको पोर्टफोलियोको नेटवर्थ २०२२ जुनको त्रैमास अन्त्यमा २ खर्ब ५३ अर्ब ९७ करोड भारु थियो। २०२३ त्रैमासको अन्त्यमा बढेर ३ खर्ब ८८ अर्ब ८५ करोड भारु पुगेको छ।
ट्रेन्डलाइन २०२३ मार्च त्रैमास अन्त्यमा उनले २९ कम्पनीमा सेयर राखेका थिए। ती टाइटन कम्पनी, स्टार हेल्थ एन्ड एलाइड इन्स्योरेन्स कम्पनी, मेट्रो ब्रान्ड, टाटा मोटर्स, क्रिसिल, क्यानरा बैंक, इन्डियन होटल्स कम्पनी, फोर्टिस हेल्थकेयर, एनसिसी, फेडरल बैंक, एपटेक, टाटा कम्युनिकेसन, करुर वैश्य बैंक, नजारा टेक्नोलोजी, रेलिस इन्डिया, जुबिलेन्ट फार्मवा, एस्कर्ट्स कुबोटा हुन्।
यस्तै टेक वाबाग, जुबिलेन्ट इन्ग्रेभिया, एग्रो टेक फुड्स, सन फार्मा एडभान्स्ड रिसर्च कम्पनी, जियोजित फाइनान्सियल सर्भिस, वोकहार्ट, एडेलवाइस फाइनान्सियल सर्भिस, राघव प्रोडक्टिभिटी एन्हान्सर्स, डिबी रियल्टी, सिंगर इन्डिया र प्रोपोलाइन इन्डियनमा उनको लगानी छ।
लगानीका हिसाबले उनको शीर्ष होल्डिङ्स टाइटन कम्पनी उनको १ खर्ब ४४ अर्ब ४० करोड भारु स्वामित्व छ। त्यसपछि स्टार हेल्थ एन्ड एलाइड इन्स्योरेन्स कम्पनीमा ५९ अर्ब १३ करोड, मेट्रो ब्रान्ड्समा ३७ अर्ब ५५ करोड, टाटा मोटर्समा ३० अर्ब ७५ करोड र क्रिसिलमा १५ अर्ब ६४ करोड भारु लगानी भएको तथ्यांकले देखाएको छ।
होल्डिङ प्रतिशतको हिसाबले २०२३ मार्च अन्त्यमा उनको शीर्ष होल्डिङ्स एपटेक ४३.७ प्रतिशत, स्टार हेल्थ एन्ड एलाइड इन्स्योरेन्स कम्पनीमा १७.३ प्रतिशत, मेट्रो ब्रान्डमा १४.४ प्रतिशत, एनसिसीमा १३.१ प्रतिशत थियो। रेलिस इन्डियामा १०.३ प्रतिशत र नजरा टेक्नोलोजिजमा १० प्रतिशत सेयर छ।
रेखा झुनझुनवालाले २०२३ पहिलो त्रैमास अन्त्यमा आफ्नो सबैभन्दा मनपर्ने स्टक टाइटन कम्पनीमा ५.३ प्रतिशत सेयर राखेकी थिइन।् जुन त्रैमासिकको तथ्यांकको प्रतीक्षा छ। झुनझुनवालाले स्थापित फर्महरूमा मात्रै होइन, धेरै स्टार्टअप कम्पनीमा पनि लगानी गरे।
झुनझुनवाला आकासा एयरका संस्थापक पनि थिए। अन्य संस्थापक विनय दुबे, जेट एयरवेज र गोएयरका पूर्वप्रमुख कार्यकारी अधिकृत र आदित्य घोष, पूर्वअध्यक्ष र इन्डिगोका निर्देशक थिए। आकासाले भारतमा बढ्दो माग समर्थन गर्न २०२२ अगस्ट ७ मा आफ्नो पहिलो व्यावसायिक उडान सुरु गरेको थियो।
राकेश कसरी सफल सेयर लगानीकर्ता बने?
सेयर बजार छिटो पैसा कमाउने ठाउँ हो। सही वा गलत यो एक आमधारणा हो। अचम्म मान्नुपर्दैन, धेरै मानिस चाँडै धनी बन्ने मानसिकता लिएर यहाँ आउँछन्। तिनीहरू बजारमा व्यापार गर्न वा लगानी गर्न होइन।
राकेश झुनझुनवालाले व्यापार गरेरमात्रै सम्पत्ति कमाउन सकेनन्। प्रारम्भिक दिनमा पैसा संकलन गर्न यसले अभिन्न भूमिका खेलेको थियो। तर, वास्तविक सम्पत्ति उनले लामो अवधिका लागि गुणस्तरीय स्टकमा व्यापारिक नाफा लगानी गरेर कमाएका थिए।
ट्रेडको चालहरू सिक्नु सजिलो काम होइन तर लगानी हो। लगानीको पहिलो र प्रमुख सिद्धान्त भनेको धैर्यता र दीर्घकालीन दृष्टिकोण हो।