रोयटर्स। आइफोन उत्पादक अमेरिकाको एप्पल इंक विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। एप्पल इंकको बजार पुँजीकरण बढेर ३० खर्ब (३ ट्रिलियन) डलर पुगेको छ।
३० खर्ब डलर बजार मूल्यमा पुग्ने एप्पल विश्वको पहिलो र एकमात्र स्टकमा सूचिकृत कम्पनी हो। नयाँ बजारमा यसको विस्तारको आशा र अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर वृद्धि गर्ने भएपछि एप्पलको बजार मूल्यमा सुधार आएको हो।
आइफोन निर्माता एप्पलले लगानीकर्ताका बीचमा एक महिना अवधिमा सबैभन्दा बढी आकर्षक कम्पनी बनेको छ। सेयर खरिदकर्ता पनि विशेष गरी बलियो ब्यालेन्ससिट र नगद प्रवाह भएका कम्पनीको पक्षमा हुन्छन्। एप्पलको दुबै पक्ष बलियो देखियो।
एप्पलले मे महिनामा सार्वजनिक गरेको त्रैमासिक वित्तीय प्रतिवेदनले कम्पनीको आम्दानी र नाफाले विश्लेषकहरूको अपेक्षा बढाएको छ। यसको स्टक बायब्याकको ट्रयाक रेकर्डले विश्वव्यापी आर्थिक अनिश्चितता हुँदाहुँदै सुरक्षित लगानीका रूपमा यसको प्रतिष्ठालाई बलियो बनाएको छ।
यस्तै दोस्रो स्थानमा बिल गेट्सको माइक्रोसफ्ट कर्पोरेसन भएको छ। माइक्रोसफ्टको बजार पुँजीकरण २५ खर्ब ३ अर्ब १० करोड डलर पुगेको छ। तेस्रो स्थानमा सउदी अरेबिया आयल कम्पनी रहेको छ। यसकाे बजार पुँजीकरण २० खर्ब ८० अर्ब ४० करोड डलर छ। चौथो स्थानमा अल्फावेट इंक (गुगल) छ।
गुगलको बजार पुँजीकरण १५ खर्ब २७ अर्ब ३० करोड डलर छ। जेफ बेजोसको ई–कमर्स कम्पनी अमेजन इंकको १३ खर्ब ३७ अर्ब ५० करोड डलर बजार पुँजीकरण छ।
एनभिडा कर्पोरेसनको १० खर्ब ४४ अर्ब ९० करोड, वारेन बफेटको ब्रेकसायर हाथवे इंकको ८ खर्ब २९ अर्ब ७० करोड डलर छ। मार्क जुकरबर्गको मेटा प्लेटफर्म (फेसबुक) इंकको बजार पुँजीकरण ७ खर्ब ४५ अर्ब ३० करोड डलर छ। इलन मस्कको टेस्ला इंकको ७ खर्ब ३५ अर्ब ५० करोड छ।
चार्जिङ नेटवर्कमा पहुँच प्राप्त गर्न प्रतिद्वन्द्वी फोर्ड मोटर र जनरल मोटर्सले गरेको सम्झौताले टेस्लाको चार्जरलाई उद्योग मानकका रूपमा स्थापित गर्न सक्ने सम्भावना थियो।
एनभिडा कर्प गत महिना १० खर्ब (१ ट्रिलियन) डलरको कम्पनी बन्यो। किनभने, यसको मार्केट क्याप ११.८ प्रतिशत बढेपछि बजार पुँजीकरणले १० खर्ब डलर नाघ्यो।
यस्तै इलेक्ट्रिक कार निर्माता टेस्ला इंकको बजार पुँजीकरणमा २८ प्रतिशत वृद्धि भएको छ। कम्पनीको सेयर एक राजस्व पूर्वानुमानपछि बढेको छ। जुन मेमा वालस्ट्रिट अनुमानभन्दा ५० प्रतिशत माथि थियो।
एप्पल र माइक्रोसफ्ट कर्पले जुनको अन्त्यमा बजार पुँजीकरणका आधारमा शीर्ष २० विश्वव्यापी कम्पनीको सूचीमा अग्रस्थानमा छ।
यसको विपरीत अल्फावेट इंकको मार्केट क्याप गत महिना २.३ प्रतिशत घटेर १५ खर्ब ३० अर्ब डलरमा झरेको छ। माइक्रोसफ्टको बढ्दो प्रतिस्पर्धात्मक दबाबमा जुन च्याट जिपिटीको एकीकरणपछि बढेको छ।