काठमाडौं। फ्रेन्च डिएनएको ‘सिट्रोन’ इसिथ्री एक अत्याधुनिक विद्युतीय गाडी हो जुन अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रातर्फ अघि बढिरहेको छ। इको–फ्रेन्डली, आधुनिक प्रविधि र आकर्षक मूल्यसाथ इसिथ्री बजारमा ‘गेम चेन्जर’ का रूपमा आएको कम्पनीले जनाएको छ।
२९।२ किलोवाट आवर्स ब्याट्री प्याकद्वारा सञ्चालित इसिथ्रीले ५७ हर्सपावर र १४३ एनएमको उच्चतम टर्क जेनेरेट गर्छ। विद्युतीय पावरट्रेनले इसिथ्रीलाई परम्परागत विद्युतीय गाडीबाट अलग राख्दै द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्छ। साथै, डिसी फास्ट चार्जरमा धेरैपटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ।
फ्युचरिस्टिक डिजाइन भएको यो गाडीमा स्लिक बडी, बोल्ड लाइनसाथ सिट्रोनले सवारीसाधन उत्पादन गर्दै आएको छ। आकर्षक डिजाइनको यो गाडीको रेन्ज राम्रो रहेको कम्पनीले जनाएको छ।
विद्युतीय गाडी भएकाले इसिथ्रीले वातावरणीय स्वच्छतामा पनि योगदान पु¥याउँछ। आफ्नो कार्बन फुटप्रिन्ट घटाउने भएकाले धेरैको रोजाइमा पर्ने कम्पनीको भनाइ छ।
अहिले नेपाली बजारमा ‘लाइभ’ र ‘फिल’ गरी इसिथ्रीका दुई भेरिएन्ट उपलब्ध छन्। लाइभको मूल्य ३२ लाख ९९ हजार र फिलका ३४ लाख ९९ हजार तोकिएको छ। जुन भारतमा बनेका विद्युतीय गाडीमध्ये सबैभन्दा सस्तो हो।
अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधासहितको इसिथ्रीमा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टम छन्, जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्छ।
कम मूल्यमा धेरै फिचरसहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्तालाई सिट्रोन इसिी थ्रीको दमदार पर्फर्मेन्स, स्टाइलिस डिजाइन, अत्याधुनिक प्रविधि र मूल्यले आकर्षित गर्छ।
हालसम्म १ सयभन्दा बढीे सिट्रोन इसिथ्री बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको छ। सिट्रोन इसिथ्रीका दुवै भेरिएन्ट १ लाखमा प्रिबुकिङ गर्न सकिने छ।