काठमाडौं। साताको तेस्रो दिन सेयर बजार १२.७३ अंक बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक बढेर मंगलबार २ हजार ८८.७० अंक कायम भएको छ। सोमबार भने नेप्से परिसूचक २१.३२ अंकले ओरालो लागेर २ हजार ७५.९७ मा सीमित भएको थियो।
मंगलबार कूल २ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सोमबार ४ अर्ब ५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबार भएका १ सय ४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीकोे घटेको छ। त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक सय ३३ दशमलव ३४ र निर्जीवन बीमा समूह ७८ दशमलव ०७ अङ्कले बढेको छ। बैंकिङ समूह एक दशमलव ०७, विकास बैंक ३१ दशमलव ०५, वित्त ३५ दशमलव ३४, जलविद्युत् तीन दशमलव १६, लगानी शून्य दशमलव ९९ र जीवन बीमा ३० दशमलव ५० अंकले बढेको छ।
त्यसैगरी, उत्पादन तथा प्रशोधन ४० दशमलव ०८, लघुवित्त ३० दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव ०२, व्यापार १५ दशमलव ८१ र अन्य समूह १५ दशमलव ८१ अङ्कले बढेको छ ।
सिटी होटल लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नागरिक लगानी कोषको रू १२ करोड १७ लाख आठ सय ३० बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको दुई लाख १४ हजार पाँच सय ८३ कित्ता शेयर किनबेच भएको छ।